Tuesday, 26 Oct
01:00:00

बिमेस्टेकले छेकेन ‘गाईजात्रा महोत्सव २०७५’ को रौनक 

2018/09/09   Tek

गफगाफ / व्यंग्य र घोचपेचको पर्वका रुपमा लिइने गाईजात्राको रौनक यस वर्ष राष्ट्रिय नाचघरमा देखिएको छ । गाईजात्राको दिन अर्थात भदौ ११ गते देखि राष्ट्रिय नाचघरमा शुरु भएको ‘गाईजात्रा महोत्सव २०७५’  भदौ  १८ गते सम्म चल्नेछ । नेपालमा आयोजना भएको बिमिस्टेक सम्मेलनले नेपाली सिनेमाको कारोबारलाई असर पारिरहेको बेला गाईजात्रा महोत्सव २०७५ लाई भने कुनै पनि असर परेको देखिएको छैन । गाईजात्राको रौनक झन् दिन प्रतिदिन थपिदै गइरहेको छ । ‘गाईजात्रा महोत्सव २०७५’ मा ५ वटा प्रहसन रहेको महोत्सवका संयोजक प्रभावकर शर्माले गफगाफलाई जानकारी दिए । प्रहसनलाई  जा जा आ वा, सपेरा, पानीजहाज, क क थि, शौचालय जस्ता नाम दिईएको छ । 

राष्ट्रिय नाचघरमा प्रत्येक दिन साँझ ५ः३० बजे कार्यक्रम हुदै आएको छ ।  बिदाको दिन दिउँसो २ः३० बजे अतिरिक्त शो राखिएको छ । ‘गाईजात्रा महोत्सव २०७५’ मा प्रभावकरदेव शर्मा, राजन थापा, नवराज भण्डारी, शुशीला निरौला, पुष्प अवस्थी लगायतको समूहले  ‘जा जा आ वा’ नामक प्रहसन गर्दै आएको छ ।  उता शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलाको साग’ले  प्रदर्शन गर्ने प्रहसन को नाम हो ‘सपेरा’ । उनीहरुले यस शीर्षकमा रहेर राजनीतिज्ञ माथि चोटिलो व्यङ्ग्य प्रहार गर्ने गरेका छन् । यता दमन रुपाखेती, निरज नेपाल लगायतका कलाकारको टोलीले ‘पानीजहाज’ शीर्षकमा व्यङ्ग्य प्रहार गर्छन । त्यसै गरि कलाकार रवि डंगोल, पूर्ण थापा, पल्पसा डंगोल र सन्तोष खनालको  समूहले बढ्दो मूल्य वृद्धि, करका सँगै समय समयमा हुने गरेका विभिन्न राजनीतिक कुरीति माथि व्यङ्ग्य प्रहार गरेका छन् । 

उनीहरुको समूहले गर्ने प्रहसनको शीर्षक भने ‘क क थि’ राखिएको छ । विष्णु सापकोटा, शिवहरी बैरागी लगायतका कलाकारहरुले सार्वजनिक शौचालय शीर्षकमा व्यङ्ग्यात्मक प्रहसन हुदै आएको छ । राजाराजेन्द्र पोखरेलले व्यंग्यात्मक  शैलीले कार्यक्रम सञ्चालन गर्दै आएका छन । सुमन कार्कीको स्ट्याण्डअप कमेडी र मेरी बास्सैकी भुनिया अर्थात हरिशा बानियाँको नृत्यले पनि कार्यक्रममा रौनकता थपेको छ । संगीतकार टिका भण्डारीको प्यारोडि गितले दर्शक माझ रौनकता थपिदिएको छ ।  सुन काण्डदेखि लिएर बलात्कार, हत्या, अपहरण लगायत पछिल्लो समय मौलाएका अपराधिक घटना न्युनिकरणमा सरकारको ध्यान केद्रित नभएको लगायतका समसामयिक विषयहरु ‘गाईजात्रा महोत्सव २०७५’ समेटिएको छ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस