Tuesday, 26 Oct
01:00:00

एलजी सिने सर्कल अवार्ड आयोजना हुने पक्का

2018/09/09   Tek

गफगाफ / सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने सर्कल अवार्ड आयोजना मिति घोषणा भएको छ ।  एलजी सिने सर्कल अवार्र्ड यस वर्ष भाद्र ३१ गते हुने भएको छ । यो अवार्ड विगत दुई वर्षदेखि निरन्तर रुपमा हुँदै आएको छ । बिगत वर्षहरुमा आर्मी अफिसर्स क्लबमा हुँदै आएको अवार्ड समारोह यसपटक भने राष्ट्रिय सभागृहमा हुन लागेको बताइएको छ । यो अवार्ड २०७३ सालबाट सुरु गरिएको थियो । द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा सिनेमा सर्कल नेपालले आयोजना गर्ने अवार्डको दुवै वर्षमा प्रमुख अतिथीको रुपमा उपराष्ट्रपति नन्दबहादुरको उपस्थिती रहेको थियो । एलजी सिने सर्कल अवार्ड को पहिलो वर्षमा उद्धव भट्टराई जुङ्गे, र दोश्रो बर्षमा एन वि महर्जनलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।


अवार्डको पहिलो वर्षमा जापानी चलचित्र निर्देशक मात्सुवयासी, हलिउड चलचित्र निर्देशक डिगर मेश र भारतीय चर्चित अभिनेता शत्रुघन शिन्हा लगायतका विशेष अतिथी हरुको उपस्थिती रहेको थियो । 
यता अवार्डको दोस्रो वर्ष  भारतिय कलाकार तथा नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित फिल्म माईतीघर का प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र नेपालका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथीको रुपमा रहेका थिए । यस वर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड राँको, करोडपति, सिमारेखा, घामछायाँ, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता  दर्जनौ नेपाली फिल्म निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा सर्कल नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख  गरिएको छ । 
 
२२ विधामा वितरण गरिन लागिएको अवार्डमा पर्दा पछाडिका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, छायांकन स्थलमा खाना पकाउने लगायतलाई समेत सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ । र यस वर्ष पनि सोहि अनुुसार कार्यक्रमको तयारी भइरहेको अयोजकले बताएका छन् ।


’एलजी सिने सर्कल अवार्ड’ २०७५ का विधाहरु स्
 
१. यस बर्षको उत्कृष्ट चलचित्र
२. यस बर्षको उत्कृष्ट निर्देशक
३. यस बर्षको उत्कृष्ट नायक
४. यस बर्षको उत्कृष्ट नायिका
६. यस बर्षको उत्कृष्ट संगीतकार
७. यस बर्षको उत्कृष्ट अनस्कृन जोडी
८. यस बर्षको उत्कृष्ट कोरियोग्राफर
९.यस बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०. यस बर्षको उत्कृष्ट पाश्र्व गायिका
११. यस बर्षको उत्कृष्ट पाश्र्व गायक
१२. यस बर्षको उत्कृष्ट पटकथा
१३. यस बर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. यस बर्षको उत्कृष्ट सम्पादक
१५. यस बर्षको सर्वा्धिक चर्चित अभिनेत्री
१६. यस बर्षको सर्वा्धिक चर्चित अभिनेता
१७. यस बर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. यस बर्षको उत्कृष्ट भीएफएक्स
१९. यस बर्षको उत्कृष्ट स्टन्ट
२०. यस बर्षको सर्वा्धिक चर्चित गीत
२१. यस बर्षको उत्कृष्ट ट्रेलर
२२. यस बर्षको उत्कृष्ट पोष्टर
 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस