रेडियो अडियो

‘ए मेरो हजुर ३’ बन्ने पक्का

2018/09/09   Tek

गफगाफ / अभिनेता अनमोल केसीले अभिनय गर्ने चलचित्र ‘ए मेरो हजुर ३’ को शुभ मुहूर्त गरिएको छ । शनिवार दिउँसो साढे ३ बजे पोखराको विन्दावासिनी मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । यहि चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा डेब्यु गरेकी हुन् । झरनाको दोस्रो निर्देशनमा निर्माण हुने चलचित्रको मुहूर्त समारोहमा अनमोल र सुहाना दुवै उपस्थित थिए ।

सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको रिलिज डेट चैत्र २९ गते तोकिएको छ । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो चलचित्रको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस