Tuesday, 26 Oct
01:00:00

धिरजले देलान त अनमोल र प्रदिपलाई टक्कर ?

2018/09/09   Tek

गफगाफ / चलचित्रको गीत र ट्रेलर सार्वजनिक भए सँगै यति बेला इन्टु मिन्टु लण्डनमा चर्चामा छ । चलचित्रको चर्चा सँगै चलचित्रमा अभिनित मुख्य कलाकार धिरज मगर पनि चर्चामा छन् । इन्टु मिन्टु लण्डनमा मा अभिनय गर्नु अघि उनि युटुव च्यानलमा काम गरिरहेका थिए । अभिनय अघि नै उनि केहि युवा पुस्तामा परिचत थिए  । तर चलचित्रमा काम गरिसके पछि भने उनको चर्चा चौतर्फी चुलिएको छ । मंगोलियन अनुहारका मगरलाई अहिले धेरै चलचित्र कर्मीहरुले नियाली रहेका छन् । कति पयले उनलाई अफर पनि गरिसकेका छन् । आफुले कुनै पनि चलचित्रमा तत्काल काम गर्न नसक्ने बताउदै आएका छन् धिरज मगर । 


उनले अन्य चलचित्रमा काम गर्नका निम्ति गरेको अफर अस्विकार गर्नुको मुख्य कारण चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ निर्देशक रेनाशा वान्तवा राई हुन् । किन कि उनले धिरजलाई ‘इन्टु मिन्टु लन्डनमा’ पस्चात निर्माण गर्ने अन्य तीन चलचित्रहरुमा  समेत अनुबन्ध गरिसकेको बुझिएको छ ।  दर्सकमाझ चलचित्र आउन असोज ५ पर्खिनु पर्छ ।

तर चलचित्रको रिलिज अगावै उनि निकै चर्चामा छन् । विशेष त धिरजलाई अनमोल केसी,प्रदिप खड्का पल शाहा लगायतका यस अघि नै चर्चा कमएका कलाकारहरुलाई  टक्कर दिन सक्ने अभिनेताका रुपमा समेत हेर्न थालिएको छ । चलचित्र इन्टु मिन्टु लण्डनमामा धिरजले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका छन् । चलचित्र आउनु अघि नै उनिहरुको जोडिलाई दर्शकले औधि रुचाएका छन् । अब चलचित्र प्रदर्शन पश्चात भने दर्शक माझ यो जोडि कतिको प्यारो बन्न सक्छ हेर्न बाँकी नै छ ।
 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस