रेडियो अडियो

बन्ने भयो गणेश बेल्वासेको ‘प्रेमनाथ’

2018/09/09   Tek

गफगाफ /  गणेश बेल्वासेले निर्माण गर्न लागेको चलचित्र ‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने पक्का भएको छ । बेल्वासेको यो दोस्रो चलचित्र हो यस अघि उनले चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए । चलचित्रको छायंकन नेपालका काठमाडौं, लुम्बिनी, दाङ, कालिकोट लगायत भारतका विभिन्न स्थानहरुमा समेत गरिने बताइएको छ ।
चलचित्रका निर्देशक समेत रहेका बेल्वासेले बताए अनुसार २०७६ जेठ दोस्रो हप्ताभित्र प्रदर्शनमा ल्याउने गरि काम भइरहेको छ । चलचित्र प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित भएर निर्माण गर्न लागिएको निर्देशक बेल्वासेले गफगाफलाई जानकारी दिए ।

कार्यकारी निर्माता कपिल प्रसाद द्वा को पहिलो चलचित्र ‘प्रेमनाथ’का सहनिर्माता बसन्तराज भट्ट हुन् । भुपु पाण्डे र एसडी योगीले संगीत रहने चलचित्रमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर सुन्न सकिन्छ । भरत क्षेत्रीको द्वन्द्व रहने चलचित्र ‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका हुन् । चलचित्रमा निर शाह, मोहन निरौला, सुरविर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, मोनालिसा विष्ट, कीर्ति गौतम, पुजा रिमाल लगायतको अभिनय रहने छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस