रेडियो अडियो

देख्न पाउलान त दर्शकले बर्षा द्धयलाई एउटै चलचित्रमा ?

2018/09/09   Tek

गफगाफ /  बेला बेलामा चलचित्र बजार नै हल्लीने गरि नायिका द्धय बर्षा राउत र बर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटि बर्षाले छाडेको चलचित्रमा अर्कि नायिका अभिनयका निम्ति सहमत हुनुले बेला बेला यि नायिकाहरुको चर्चाले चलचित्र बजार हल्लाउने गरेको छ । यसै कारणले पनि उनिहरुको सम्वन्ध पानी बाराबारको अवस्थामा रहेको समाचारहरु आइरहेका छन् । तर दुवै वर्षाले आफुहरुको सम्वन्धमा समाचारमा आएको जस्तो नरहेको बताउदै आएका छन् । पछिल्लो समय यि दुइ नायिकालाई एउटै चलचित्रमा हेर्न चाहाने दर्शकहरुको लर्को लागेको छ । र दर्शकहरुको त्यो चाहानालाई मध्यनजर गर्दै  संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘बकम्फुसे राजा’मा दुबै बर्षालाई अफर गरिएको छ ।

यो चलचित्रको घोषणा केही दिन अगाडि मात्र गरिएको थियो । यता दुबै बर्षाहरुले आफूहरुको सम्बन्धमा कुनै खटपट नभएको र एकसाथ काम गर्न कुनै समस्या नरहने बताउदै आएका छन् । यस चलचित्रमा नायकको भुमिकामा भने कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको बताईएको छ । दुबै नायिकाले चलचित्रमा काम गर्न कुनै समस्या नभएको बताए पनि लिखित संझौता भने भइसकेको छैन । दुबै नायिकाका लागि चलचित्रमा आकर्षक भूमिका रहेको बुझिएको छ । लिखित सम्झौता हुन बाकी भए पनि मौखिक रुपमा भने दुबैले सहमती जनाइ सकेको निर्देशक प्रकाश सुवेदीले गफगाफलाई बताए ।


चलचित्रको घोषणा सभामा काम गर्ने पक्का भएकै कारण नायिका बर्षा राउत उपस्थित थिइन् । तर कार्यक्रममा बर्षा सिवाकोटीको भने उपस्थिती थिएन । पछिल्लो समय बर्षा सिवाकोटीले सो चलचित्रमा अभिनय गर्न नभ्याउने जवाफ दिएको चर्चा समेत चलेको छ । तर निर्देशक सुवेदीले भने सिवाकोटीले त्यस्तो कुनै जवाफ नदिएको बताएका छन् । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा कुन बर्षाले काम गर्ने हुन्,कुन बर्षा अउट हुने हुन, या त दुबै जना काम गर्न सहमत हुने हुन् यो भने लिखित सम्झौता पछि नै थाहा हुने छ ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस