रेडियो अडियो

 ‘कथा काठमाडु’ को ट्रेलर सार्वजनिक

2018/09/09   Tek

गफगाफ /  रातको कुरा बोलको गीत सार्वजनिक भए सँगै चर्र्चामा आएको फिल्म ‘कथा काठमाडु’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र निर्माण भएको हो । 


फिल्ममा काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिबनमा आइ परेका समस्या र संघर्षका कथा लाई उतार्ने प्रयास गरिएको छ । ट्रेलरमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी प्रस्तुत छन् । विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट अलनेपाल प्रदर्शनमा आउँने पक्का भइ सकेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् ।
 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस