दिपकजीले त मलाई नेपालको इम्रान हाश्मी नै बनाइ सक्नु भयो नि

गफगाफ /चलचित्र  रामकाहानी यति बेला निकै चर्चामा छ । सुदर्शन थापा द्धारा निर्देशित चलचित्र यहि भाद्र २२ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यसै हेरिफेरीमा रहेर हामीले चलचित्रका कलाकार जितु नेपाल सँग रामाइलो कुरा गरेका कानी गरेका छौ ।
 

चलचित्र रामकाहानीमा अभिनय गर्नुभएको छ, चलचित्र रिलिजको समय पनि नजिकै आइसकेको छ ,कस्तो महसुस भइरहेको छ ?
खुशी नै छु , कता कता डर पनि छ । तर राम्रो चलचित्रलाई दर्शकहरुले मन पाराउनु भएको छ र रामकाहानी ले पनि दर्शकको मन जित्नेमा ढुक्क छु

तपाई खास नयक कि हास्य कलाकार ?
मलाई हास्य कलाकारका रुपमा दर्शकले चिन्नुहुन्छ, छक्का पञ्जामा नायक कै भुमिकामा छु, रामकाहानीमा भिलेन छु त्यसैले म नायक र हास्य कलाकार भन्दा पनि एउटा राम्रो कलाकार भन्न रुचाउछु ।
 

तपाई नायिका सँग धेरै लजाउनु हुन्छ र नि ?
हाहाहाहाहाहाहा

अनि दिपकराज गिरीले त तपाईलाई नायिका हरु सँगै रोमान्स गर्न लगाउनु हुन्छ रे नि ?
हाहाहा दिपक जी ले त मलाई नेपालको इम्रान हाश्मी नै बनाइ सक्नु भयो नि, ढुंगा लडाउने सिनमा नि मलाई नै, मकैको बोट भाच्नेमा नि मलाई नै अनि भएन त नेपालको इम्रान हाश्मी

यस्को मत्लब दिपक जी छाडा मान्छे हो ?
दिपक जी आफु छाडा छैनन् तर अरुलाई छाडा बनाउछन् । हाहाहाहाहा
 

अब जाउ रामकाहानी तिर रामकाहानीकी निर्मात्री तथा नायिकाका विषयमा तपाईको धारणा ?
वाँहा एक कुसल निमार्ता हो, काममा हतार गर्नुहुन्न, बरु कसरी हुन्छ कलाकार लाई अलमलाएर भए पनि  ढिलै काम गरौ तर राम्रो गरौ भन्ने वाहाको धारणा छ । त्यस सगै वाँहा कुसल अभिनेत्री पनि हो ।

चलचित्रमा ढिलै भए पनि बक्स अफिस लागु भएको छ कत्तीको बक्स अफिसलाई घच्घच्याउदै हुनुहुन्छ  ?
अहिले त बक्सा छ अफिस छैन हाहाहाहा, घच्घच्याएर मात्र के गर्नु काम हुने हैन, बक्स अफिस सबैमा लागु हुन सकेको छैन निकिता जी ले पहल भने गरिनै रहनु भाको छ, यसमा सबै गम्भिर भएर लाग्न आवस्यक छ । 

खासमा याँहाहरुले छक्का पञ्जामा काम गरिरहदा अन्य चलचित्रमा काम गर्न नपाइने भन्ने सम्झौता भएको थियो , तर फेरी तपाईले रामकाहानीमा काम गर्नु भयो ?
त्यसो त दिपम दिपाले पनि त सत्रु गतेमा काम गर्नु भयो नि त हाहाहा खासमा हामीले यो सम्झौता गरेकै हो तर पनि सबैको सहमती मा नै चलचित्रमा अभिनय गरेको हु

अब अर्को चलचित्रले फेरी पनि अभिनयका निम्ति अफर गर्यो भने ?
अब हामी हाम्रो सम्झौता अनुरुप नै अघि बढ्छौ र आफ्नो चलचित्रलाई कसरी राम्रो बनाउने त्यसैमा ध्यान केन्द्रित गर्छु र सबैको सल्लाहा अनुसार नै अघि बढ्छु । यसमा ए जीतु नेपाल ठुलो भएछ भन्ने नकारात्मक सन्देश जान सक्छ तर त्यो हैन हाम्रो काम दर्शकलाई मनोरञ्जन दिने हो र अब हामी मनोरञ्जन आफ्नै व्यानरका चलचित्रहरु बाट दिन्छौ ।
 

एउटा चलचित्रलाई सफल बनाउन पत्रकारहरुको हात कत्तिको हुन्छ तपाईको विचारमा ?
पत्रकारले चलचित्रका विषयमा दर्शक सम्म जानकारी गराउने हो र आफ्नो धारणा व्यक्त गर्ने हो तर चलचित्र सफल बनाउन कथा,पात्र,निर्देशक लगायत एउटा टिमको आवस्यकता हुन्छ ।

तपाइ त जिरे खुर्सानी हास्य टेलिचलचित्रको सफल निर्देशक अब चलचित्र निर्देशनका विषयमा के छ सोच ?
टेलिचलचित्र र चलचित्र निर्देशनमा धेरै ठुलो अन्तर हुन्छ जिरे खुर्सानी सानो पर्दाको भयो भने चलचित्र ठुलो पर्दाको,टेलिचलचित्र कति दर्शकले हेर्नु हुन्छ भन्ने आकलन गर्न गारो छ, दर्शकले हेरे पनि नहेरे पनि त्यस्को नगत नारायण अन्तै बाट आउछ, झन अहिले त जुन सुकै बेला जाहा बाट हेर्न पनि सकिन्छ । तर चलचित्र भनेको कति सफल बनाउने दर्शककै हातमा हुन्छ । वाँहा हरु हल सम्म गएर हेरिदिनु भयो भने बल्ल कमाई हुने हो । चलचित्र निर्माण गर्नु निकै ठुलो चुनौतीको कुरा हो र त्यसमा म अझै पनि तयार भइसकेको छैन ।
 

तपाईहरुको व्यानरमा हरेक बर्ष चलचित्र हेर्न पाउनुहुन्छ दर्शकहरुले ?
हाम्रो प्रयास पनि त्यहि हो वर्षमा एउटा मात्र चलचित्र निर्माण गर्ने र त्यसलाई सफल बनाउने र त्यसमा हामी सक्षम छौ, दिपक जी दिनरात त्यसमै खटिरहनु हुन्छ, दिपा दिदीको उत्तिकै मेहेनत छ, केदार म सबैले आ आफ्नो स्थान बाट राम्रो प्रयास गर्ने हो र त्यस्मा हामी कहिले पनि चुक्दैनौ


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस