यचुश्रीलाई किड क्विन नेपाल–२०१८ को उपाधि

गफगाफ / १६औं संस्करणको किड क्विन नेपाल–२०१८ को उपाधि मध्य वानेश्वरकी यचुश्री श्रेष्ठले जितेकी छिन् । शनिवार साझ काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा यचुश्रीले प्रतिस्पर्धि १५ जना बालिका तथा किशोरीहरुलाई पछि पार्दै दश हजार रुपैया राशीको उपाधिसहित विभिन्न पुरस्कारहरु प्राप्त गरिन् । जेम्स स्कूलमा कक्ष्ाँ ७ मा अध्ययनरत १२ वर्षीया यचुश्रीले पहिलो पटक प्रतिस्पर्धा गरेको प्रतियोगितामै सफलता हासिल गरेकी हुन् । आफ्नो अल राउण्डर प्रस्तुती तथा कन्फिडेन्सले नै आफूलाई विजेता बनाएको धारणा व्यक्त गर्ने यचुश्रीले भविष्यमा वकिल बन्ने लक्ष्य लिएकी छिन् ।

१६ जना बालिका तथा किशोरीहरुले भाग लिएको उक्त प्रतियोगितामा नया“ बजारकी लूमिला जोशीले फस्ट रसर्न अपको उपाधिसहित नगद सात हजार रुपैया“ जितिन् भने तथा स्वेना श्रेष्ठले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् । प्रतियोगितामा अपेक्षा शेरचनले मिस फ्रेण्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट डे«ेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न प्रतियोगिता किड क्विनका प्रतिस्पर्धिहरुको सामुहिक नृत्यबाट प्रारम्भ भएको थियो । नृत्य लगत्तै प्रतिस्पर्धिहरुले आ–आफ्नो परिचय दिए । उनीहरुले परिचय दिए लगत्तै निर्णायकहरुले उनीहरुलाई एक–एक वटा समसायिक विषयमा आधारित प्रश्न सोधे । निर्णायकहरुले सोधेको जिज्ञासाको उत्कृष्ट जवाफ दिने ११ जना प्रतिस्पर्धिहरु अघिल्लो चरणमा प्रवेश गरे । सेमिफाइनल चरणमा पुनः गरिएको प्रश्नोत्तरपछि उत्कृष्ट ६ किशोरीहरु निर्णायण चरणमा प्रवेश गरे । प्रतियोगिताका मुख्य निर्णायक सञ्चारकर्मी कृष्ण भट्टराईद्वारा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दि“दै यचुश्रीले मुख्य उपाधि जितिन् ।

९ देखि १४ वर्ष उमेर समुहका प्रतिस्पर्धिहरुको उक्त प्रतियोगितामा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्ष्ँेत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवाः की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन करा“ते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्रँफर शिवलाल श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्तुतिका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताइन् । रोजिन शाक्यले उक्त प्रतियोगितामा कोरियोग्रँफी गरेका थिए । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस