पोखरामा फिल्म मेकीङ्ग वर्कशप हुदै

2018/09/09   Tek

गफगाफ / फिल्म लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्म मेकीङ्ग वर्कशप यही भाद्र २४ गते देखी २९ गते सम्म पोखरामा हुने भएको छ । यो भन्दा अगाडी पोखरामा फिल्म सुटीङ्ग, फिल्म फेस्टीबल, अवार्ड कार्यक्रम तथा फिल्म कम्पीटीसनहरु हुदै आइरहे पनी यो प्रकारको चलचित्र सम्बन्धी शैक्षिक कार्यक्रम पहिलो पटक हुन लागेको हो । 


पछिल्लो समय फिल्म निर्माण र प्रदर्शन सम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरीज, म्युजिक भिडीयो, टेलिभीजन कार्यक्रम, युट्युव प्रोग्राम, कमर्सीयल भिडीयो लगायतका प्लेटफर्ममा पनी राम्रो करियर र कमाई देखीन थालेपछी युवा पुस्तामा फिल्म मेकीङ्गमा थप चासो बढेको पाईएको छ । तर कतीपय ईन्डीपेन्डेन्ट न्यू फिल्म मेकरहरु रुची र कन्सेप्ट भएर पनी फिल्म निर्माण सम्बन्धी शैद्धान्तीक तथा प्राविधीक ज्ञान नहुनाले काम गर्न नसकीरहेको समस्यालाई मध्यनजर गर्दै यो प्रकारको शैक्षिक अभियान सुरु गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । पुर्वको विर्तामोडबाट सुरु भएको वर्कशप ईटहरी, हेटौडा, दाङ्ग, नारायणघाट पछी पोखरामा हुन लागेको हो । पोखरा पछी पनी बुटवल, नेपालगञ्ज हुदै धनगढीमा पुगेर वर्कशप सकीने बताइएको छ । मुख्यतया वर्कशप फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटीङ्ग, डाईरेक्सन र फिल्म निर्माणमा केन्द्रित हुनेछ ।

पोखरामा हुन लागेको उक्त वर्कशपको लागी हाईवे तथा कालो पोथीका राइटर अविनास बिक्रम शाह, हिफाजत, अन्दाज, दशगजा, मंगलम लगायत दर्जनौ फिल्मका सिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे  र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन र वर्कशपमा सहभागी विद्यार्थीहरुलाई हौसला तथा प्रोत्साहनको लागी कलाकार दिपकराज गिरी पनी जाने भएका छन् । चलचित्र सम्बन्धी ईच्छा भएका र सिक्न चाहने जो कोहीले पनी वर्कशपमा सहभागी हुन सक्नेछन् । यस्ता प्रकारको वर्कशपले नया पुस्तालाई फिल्म मेकीङ्गमा प्रोत्साहन गर्ने र उनिहरुको काममा प्रत्यक्ष असर देखीने गरेको पुरीे बताए । 
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस