Tuesday, 26 Oct
01:00:00

तिन सयको बिवाहमा मह जोडि जन्ती 

2018/09/09   Tek

गफगाफ -  एउटा बिवाह सम्पन्न गर्न कति खर्च लाग्ला ? हालको नेपाली समाजमा हुने सामान्य बिवाहका निम्ति कम्तिमा पनि ५ लाख भन्दा माथि जति पनि हुन सक्ला । तर बिवाहका नाममा पैशाको खोला बगाउन पछि नपर्ने यो समाजमा एउटा सुन्दै अचम्म लाग्ने बिवाह सम्पन्न भएको छ । ३ सय रुपैयाँमा बिवाह सम्पन्न भयो भन्दा पत्याउन गारो पर्न सक्छ तर यो सत्य हो । यो उदाहरणिय कार्य गरेका छन् शिक्षा अभियन्ता उत्तम सञ्जेलले । उनले काठमाण्डौको गुहेश्वरी मन्दिरमा जम्मा ३ सय रुपैयाँमा आफ्नो बिवाह सम्पन्न गरेका छन् । समता शिक्षा फाउन्डेसनका सञ्चालक समेत रहेका उनले बिवाहको नाममा नेपाली समाजमा हुने विकृती हरुको अन्त्यका निम्ति सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यस्तो उदाहरणिय कार्य गरेका हुन् ।

 
सञ्जेलको बिवाहमा वरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, सीताराम कट्टेल लगायत गरी जम्मा १० जना जन्ती थिए । जति थोरै रकम त्यति नै कम समय । उनको बिवाह मात्र पाँच मिनेटमा सम्पन्न भएको थियो । उनले आफ्नो बिवाहका निम्ति २५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते, माला लगायतमा गरि २ सय रुपैयाँ खर्च गरेका थिए । ‘त्यसबाहेक अन्य केहिमा पनि खर्च भएन । बिहेमा एक किलो लड्डु महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले किनिदिएका थिए । परिवारका सदस्य बोलाउँदा खर्च बढ्ने भएकाले आपसी सहमतिमा यसरी बिहे गरेको सञ्जेल बताउँछन् । बिवाहमा लगाइएको कपाडा पनि दुलहि दुलाह दुवैकोे पुरानै थिए ।  

दुलाहा सञ्जेलले टि–सर्ट, पाइन्ट र चप्पल लगाएका थिए भने दुलही कलाले कुर्ता सुरुवाल, चप्पल र सामान्य घुम्टो ओढेकी थिइन् । 
सञ्जेलकी दुलही कला अधिकारी समता अस्पतालमा स्वास्थ्य सहायक पदमा कार्यरत थिइन् कला र सञ्जेल केही समययता प्रेम सम्बन्धमा रहेका थिए । ‘छोरी पाउनु नै सबैभन्दा ठूलो दाइजो हो, केही लिनु पनि हुन्न, दिनु पनि हुन्न भन्ने सन्देश दिन यसरी बिहे गरेका हौ,’ सञ्जेलले भने । दुलही पक्षले बिवाहमा खर्च गर्न चाहानु भएको छ भने त्यो खर्च समता अस्पतालमा बिरामीहरूको उपचारमा खर्च गर्ने निर्णय गरेको सञ्जेलले बताए ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस