‘कथा काठमाण्डु’ मा काम गर्न पाउदा खुशि छु - प्रियंका कार्की

2018/09/04   Tek

गफगाफ / चलचित्र ‘कथा काठमाण्डु’ यतिबेला चर्चामा छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना  दुबै भैरहेको छ । तर नायिका कार्कीले यस चलचित्रका विषयमा अहिले सम्म कुनै प्रतिकृया दिन चाहेकी छैनन् । पछिल्लो समय नायिका कार्की चलचित्र ‘कथा काठमाण्डु’को निर्माण टिमसँग असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि नायिका कार्की उपस्थित थिइनन् । उनी चलचित्र निर्माण टिमले आयोजना गरेका कुनै पनि कार्यक्रममा अनुपस्थित रहेका कारण निर्माण टिम नै उनि सँग असन्तुष्ट रहेको खवरले प्राथमिकता पाईरहेको छ ।  चलचित्रको बिषयमा कुरा गर्न समेत नचाहेका कारण त झन निर्माण टिम हैरान भइसकेको छ । 
 निर्माण टिमबाट यस्ता गुनासाहरु आइरहेका बेला नायिका कार्कीले मुख खोलेकी छिन । आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको उल्लेख गरेकी छिन् । उनले ‘कथा काठमाण्डु’ चलचित्रमा रहेको मेरो पात्रले हाम्रै समाजमा लुकेको वा देखिएर पनि नदेखिएको अनि देख्न नचाहिएको पात्रको कथा बोलेको छ । महिला हिंसा, लागू औषत दुव्र्यसनी, जवरजस्ती करणी लगायतका कुराहरुबारे हामी सभ्य समाजका प्राणीहरु देखेर, वुझेर, अनी के गर्नु पर्छ थाहा भएर पनि कमै बोल्छौ । मैले त्यहि कुरालाई प्रस्तुत गर्ने प्रयास गरेको छु ।’ मैले चलचित्रमा निर्वाह गरेको भुमिका धेरै चुनौती पुर्ण छ । र त्यो पात्रमा आफुलाई योग्य देखेका कारण पनि निर्माण टिमलाई धन्यवाद  व्यक्त गरेकी छिन् । उनले, चुनौतीपूर्ण बिषयको चलचित्रमा आफु पनि आवद्ध हुन पाएकोमा खुशी लागेको बताएकी छिन् ।

उनले व्यक्त गरेको भनाइ लाइ मान्ने हो भने उनि चलचित्र टिम सँग खुशि नै छिन् । तर उनले चलचित्रका बिषयमा कुनै प्रतिकृय नदिनुलाई अर्थ पुर्ण रुपमा हेरिएको छ । चलचित्रमा संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथा लाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । विजय राईको लगानी रहेको चलचित्र असोज १२ गतेबाट अल नेपाल प्रदर्शनमा आउँने पक्का भइ सकेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस