Tuesday, 26 Oct
01:00:00

स्वस्तीमाको रेसिपी यसरी बनाउनुस चिकेन ग्रेभी

2018/09/04   Radhika

गफगाफ /  अभिनेत्री स्वस्तीमा खड्का अभिनित सिनेमा ‘नाई नभन्नु ल ५’ यतिबेला हलमा प्रदर्शन भईरहेको छ । यो सिनेमाले सफलता पुर्वक दोस्रो सातामा दर्शकको साथ पाईरहेको छ । प्रदर्शनमा हिसाबले यो सिनेमा स्वस्तीमाको करिअरको चौथो सिनेमा हो । सिनेमा होस्टेल रिटन्र्सबाट डेब्यु गरेकी स्वस्तीमाले दोस्रो सिनेमा स्वरुप सिनेमा लभ  लभ लभमा काम गरिन् । त्यसपछि उनले सिनेमा छक्का पञ्जा २ मा काम गरिन् ।


छक्का पञ्जा २ स्वस्तीमाको  करिअरकै सबैभन्दा सफल सिनेमा बन्यो । छक्का पञ्जा २ पछि उनी नेपालका चलेका र राम्रा ब्यानरका सिनेमामा व्यस्त छिन् । उनको अभिनय रहेको सिनेमा जय भोले दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ भने यहि समयमा सिनेमा छक्का पञ्जा ३ पनि प्रदर्शन हुँदैछ जसमा स्वस्तीमाको अतिथी भूमिका छ । यसका अलावा उनी सिनेमा बुलबुलको छायाकंनमा व्यस्त छिन् । पछिल्ले समयकी व्यस्त र कामले सबैकी प्रिय बनेकी स्वस्तीमाले  आज हामीलाई चिकेन ग्रेभी कसरी बनाउने टिप्स दिएकी छिन् । उनको यो तरिका तपाईँले पनि अपनाउन सक्नुहन्छ ।


चिकेन ग्रेभी कसरी बनाउने ? स्वस्तीमाकै शब्दमा थाहा पाउनुहोस् तरिका ।
शुरुमा कराई वा प्यान तताउने । त्यसपछि त्यसमा तेल हाल्ने । तेल राम्ररी तातेपछि जिराको गेडा पड्काउने ।अनि चिकेन हालेर मजाले फ्राई गर्ने । चिकेनमा भएको पानी सु्क्नेबेलासम्म फ्राई गर्नुपर्छ । म्जजाले फ्राई गरिसकेपछि  लसुन र अदुवाको पेस्ट हाल्ने ।अनि त्यसपछि मिट मसाला हाल्ने । अन्तमा टमाटर हाल्ने । टमाटर अलि धेरै हाल्छु म । त्यसले ग्रेभी बन्न सघाउँछ अनि मलाई अमिलो पनि मन पर्छ त्यसैले । टमाटर हालिसकेपछि त्यहिमाथि नुन हालेर केही बेर छोपिदिने । अनि केहीबेरमा मज्जाले चलाउने । ग्रेभी चिकेन तयार भयो । अब मज्जाले खान स्क्नुहन्छ ।
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस