‘ब्याचलर बन्टी’मा अनमोल र उकुसाको रोमान्स

2018/09/04   मनोज

गफगाफ / चलचित्र ‘ब्याचलर बन्टी’ निर्माण हुने पक्का भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रको दशैंपछि छायांकन सुरु हुने बताइएको छ । चलचित्रको मुख्य कलाकार अनमोल केसी रहने पक्का भइसकेको छ भने नायिकाका रुपमा भने मिस एसिया नेपाल (बेस्ट पसर्ना्लिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ लगायतका उपाधी आफ्नो पोल्टामा पारिसकेकी विजेता समेत रहेकी अभिनेत्री उकुसा गिरी अनुबन्ध भएकी छन् ।


हरेक चलचित्रमा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका अनमोल केसीको यस चलचित्रमा पनि नयाँ हिरोइनसँग जोडी बाँधिने भएको छ । चलचित्रका निम्ति अभिनेत्री उकुसा गिरी अनुबन्ध भइसकेकी छन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । केहि समय अघि मात्र उकुसा र निर्माता सुदिप खड्कावीच औपचारिक सम्झौता भएको बुझिएको छ  । कमेडी तथा लभस्टोरी जानरामा निर्माण हुने चलचित्रमा अनमोल ’बन्टी’ को भूमिकामा देखिनेछन् । महंगो लागतमा निर्माण हुन लागेको  चिलचित्रको छायांकन यूरोपमा हुने निर्देशक चाम्सले गफगाफलाई  बताए । चलचित्रको प्रदर्शन फागुन १७ गते देखि गर्ने गरि तयारी थालिएको बताइको छ । अनमोल अहिले  ’ए मेरो हजुर ३’ मा व्यस्त छन् । यस्को सुटिङ पश्चात लगत्तै युरोपको टिकट काट्ने सहमती भइ सकेको बताइएको छ । 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस