छोरी श्रद्धाको डरले शक्तिले कम गरे मदिरा

बलिवुड अभिनेता शक्ति कपुरले से्प्टेम्बर ३ मा  ६६ औँ जन्मदिन मनाएका छन् ।  सन् १९५२ मा दिल्लीमा जन्मेका शक्ति कपूर बलिवुड सिनेमा उद्योगमा भिलेन र कमिक अभिनेताको रुपमा स्थापित भएका छन् ।


यसकारण भिलेन बने शक्ति
सन् १९७४ देखि बविलुडमा सक्रिय शक्तिले यो अवधिमा ७ सय भन्दा धेरै सिनेमामा काम गरेका छन् । उनी प्राय सिनेमामा भिलेन र कमेडियनको रुपमा प्रस्तुत हुन्छन् ।खासमा सन् १९८२ को सिनेमा जख्मी ईंसानमा हिरोका रुपमा प्रस्तुत भएका उनलाई एउटै सिनेमामा हिरो बनेर पुग्यो । एनको यो सिनेमा कारोबारमा सफल हुन सकेन ।यहि कारण उनी प्राय सबै सिनेमामा कि त कमेडियन कि त भिलेन बन्न रुचाउँछन् । किनभने उनलाई दर्शकले भिलेनका रुपमा माया दिए ।  उनको  करिअरको चाख लाग्दो कुरा के छ भने ठुलो पर्दामा  सफल बनिसकेका उनी सन् २०११ देखि २०१२ को बिग बोस सिजन ५ मा समेत भाग लिएका थिए ।
यसमा उनी १३ प्रतियोगि मध्ये एक मात्र पुरुष सहभागी थिए ।

तीनवटा बिद्यालयबाट निकालिए
शक्तिलाई बाल्यकाल देखि नै पढाईमा त्यति रुचि थिएन । यहि कारण पनि उनी  सधै तेस्रो श्रेणीमा पास हुन्थे ।  
खराब आचरणका कारण उनलाई तीनवटा विद्यालयबाट निकालिएको थियो ।  खासमा उनी अलि जिद्दी स्वभावका थिए । उनी आफुलाई गर्न मन लागेको कुरा गरेरै छोड्थे । यहि कारण उनी तीन  वटा स्कुलबाट निकालिएका थिए ।शक्तिका अनुसार उनको बाल्यकाल आर्थिक अभावमै बित्यो । उनका बुवा कन्जुस थिए । सधैँ पैसा बचाएर राख्न खोज्थे । आर्थिक अभाव भएपनि उनी आफ्नो परिवारसँग खुशी थिए ।शक्तिका पिता आफ्नो परिवारले गर्दै आएको काम छोराले सम्हालोस् भन्ने चाहन्थे । तर शक्ति सधै आफ्नो मनको कुरा सुन्थे र कामको पनि निर्णय लिन्थे । यहि कारण उनले ट्राभल एजेन्सीको काम शुरु गरे । शक्तिले आफुलाई मन परेको काम सम्हाले पिताले चाहेको हैन । यहि कारण उनको र उनका बुवाको  झगडा पनि भयो । तर शक्तिको जीवनमा भने यो कुरा ठिक उल्टो भएको छ । उनका छोराछोरीले उनकै पेशा अंगालेका  छन् ।

छोराछोरी उनको पेशामा
सन् १९८२ मा शिवांगीसँग विवाह गरेका शक्ति दुई सन्तान एक छोरा सिद्धार्थ र एक छोरी श्रद्धा का पिता बने । उनका छोराछोरीले पनि उनकै पेशालाई आफ्नो पेशा बनाए । दाईको तुलनामा अभिनेत्री श्रद्धा कपुर सिने करिअरमा सफल छिन् । उनी अहिले बलिवुड  सिनेमाका उत्कृष्ट अभिनेत्री मध्येकी एक हुन् । उनका छोरा सिद्धार्थ भने फाट्ट फुट्ट सिनेमामा देखा पर्छन् ।श्रद्धा र शक्ति निकै नजिक छन् । शक्ति श्रद्धाले भनेका र चाहेका सबै कुरा मान्छन् र पुर्याउँछन् पनि ।
एकताका उनको मदिरा पिउने बानीले गर्दा श्रद्धा  रिसाउने गर्थिन् । श्रद्धा रिसाएपछि नै आफुले मदिरा पिउन कम गरेको शक्तिले एक अन्र्तवार्तामा बताएका थिए ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस