Tuesday, 26 Oct
01:00:00

नेपाल टेलिभिजनमा फेरी आउदै मेरी बास्सै,जिरे खुर्सानी र भद्रगोल

2018/09/09   Tek

गफगाफ / नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिश्रृंखलाहरु मेरी बास्सै,जिरे खुर्सानी र भद्रगोल पुन प्रसारण हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिए सगै बन्द भएका हास्य टेलिश्रृंखलाहरु यसै महिनाबाट प्रशारण सुचारु हुने पक्का भएको हो । मिडिया हबका प्रमुख सोम धितालले प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएको छ । मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेको बुझिएको छ । यस सगै हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’को प्रशारण मंगलबार बाट नै सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबार प्रशारण बताइएको छ ।

राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले मेरी बास्सैको निर्देशन गर्ने बुझिएको छ । यसैगरी भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ । ‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका कारण उनि नरहने बुझिएको छ । ऋषी लामिछानेको निर्देशन रहेको टेलिश्रृंखला ‘परिचय’ पनि अर्को साताबाट सुरु हुने छ । यो श्रृंखलामा सरिता लामिछाने, सरोज खनाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहने छ ।
 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस