रेडियो अडियो

पुजाले मेरो नेवारसँग जम्छ भन्दा आकाशले यसो भने

2018/09/09   Tek

गफगाफ / अभिनेत्री पुजा शर्मा र आकाश  श्रेष्ठको जोडी पहिलो पटक सिनेमा रामकहानीमा देखिँदैछ । यो सिनेमा भदौ २२ गते अर्थात यहि शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । यो सिनेमाको प्रदर्शन हुनु अगाडि नै सिनेमाका कलाकारको कारण धेरै नै चर्चा भएको छ ।  एकातिर सिनेमामा हाँस्यकलाकारहरुको बाहुल्यता छ भने अर्कातिर दर्शकले अभिनेता आकाश र  अभिनेत्री पुजा शर्माको जोडी मन पराएका छन् । पर्दामा उनीहरुको जोडी राम्रो देखिएकै कारण यतिेबला सिने नगरीमा उनीहरुको अफेयरको हल्ला पनि चलेको छ । यसले पनि सिनेमाको हाईप बढेको देखिन्छ ।
 
आकाश र पुजाको पहिलो भेट सिनेमा रामकहानीकै क्रममा भएको हो । उनीहरुले यस अघि एकअर्कालाई भेटेका थिएनन् । एकअर्काको कामको बारेमा भने जानकार थिए ।  रामकहानीको लागि आकाश श्रेष्ठ फाईनल भएपछि नै पुजा र आकाशको भेट भएको थियो । पहिलो पटक भेट्दा एक अर्कासँग के बोल्ने ? र कसरी प्रस्तुत हुने ? भन्ने कुरामा दुवै जना अलिमलिएको बताउँछन् । के बोल्ने ? र कसरी प्रस्तुत हुने ? भन्ने अवस्थाबाट शुरु भएको उनीहरुको सम्बन्ध अहिले निकै नै निकट भईसकेको छ । उनीहरु एक अर्कासँग निकै नै घुलमिल छन् । पछिल्लो समय उनीहरु अफेयरमा रहेका खबरहरु पनि आईरहेका छन् । यस्ता खबर र यस विषयमा सोधिएका प्रश्नमा उनीहरुले आफूहरु सिनेमा प्रदर्शन हुँदासम्म एक अर्कालाई माया गरेर अघि बढ्नुपर्ने बताउँछन् ।

यहि प्रसंगमा पूजाले आफ्नो स्कुल र कलेजमा पनि  नेवार साथी बढी भएको बताउँदै आकाशसँग पनि आफ्नो सम्बन्ध राम्रो भएको र आफू नजिक भएको बताईन् ।
उनले भनिन्, मेरा धेरै नेवार साथीहरु छन् । यहि कारण पनि सिनेमामा आकाश हुने भएपछि मलाई ऊ नजिक हुन्छ भन्ने लागेको थियो । र भयो पनि । ीकन किन मेरो नेवारहरुसँग जम्छ । यहि प्रसंगमा आकाशले पनि ठट्यौली पारामा थपे, मेरो पनि शर्मासँग जम्छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस