Tuesday, 26 Oct
01:00:00

अशोक दर्जीका अचम्मका फ्यान, भेट्न आए परदेशबाट (भिडियो(सहित)

2018/09/05   मनोज

गफगाफ / अहिलेका चर्चित बाल गायक अशोक दर्जीलाई नचिन्ने र उनको आवाजलाई नसून्ने सायदै कमै होलान् । झापा दमकका अशोक कमजोर आर्थिक अबस्थाका कारण सानो उमेरदेखिनै झापाकै विभिन्न ठाउँमा गीत गाउँदै माग्दै हिड्ने गर्थे । उनै कमजोर आर्थिक अबस्था भएका अशोकको जिवनशैलीले अहिले भने काया पलट नै भइसकेको छ भन्दा फरक नपर्ला । अशोकको जिवनले तब मोड लियो जब उनि राजधानी आएर  एका(एक युटुब लगायत अन्य सामाजिक सञ्जालमा भाईरल भए । 

राजधानी आएर पहिलो गीत रेकर्डिङ गर्ने क्रममा विभिन्न मिडियाहरुलाई अन्तरवार्ता दिन थाले र उनको सुरीलो आवाज अनि चन्चले स्वभावका कारण छोटो समयमा नै दर्शकको मन अनि मस्तिष्कमा बस्न सफल भए । जब अशोकको पहिलो गीत ’मन बिनाको धन ठुलो की’ सार्बजनिक भयो उनको उचाई एका एक बढेर गयो । उनको त्यो मार्मिक गीत देश तथा विदेशका हरेक नेपालीहरुको मुख मुखमा झन्डियो । यति सम्म की बच्चा देखि बृद्ध सम्म अशोकको त्येहि गीत गुन गुनाइ रहेको भेटिन्थ्यो गल्ली गल्लीहरुमा । उनलाई दर्शकको निकै राम्रो साथ मिलेको थियो । उक्त गीत हिट भएपछि अशोकले देश(विदेशमा समेत कार्यक्रमहरु गर्ने अबसर पाइरहेका छन् । अहिले अशोक आवाजको दोश्रो गीत समेत सार्बजनिक भैसकेको छ । 

हरेक नेपालीको मन(मुटुमा बसेका अशोक भाईरल भैसकेपछि देश(विदेशबाट निकै सहयोग समेत प्राप्त गरेका छन उनले । । देश विदेश बाट आएको सहयोगकै कारण झुप्रो घरमा बस्ने अशोक अहिले चिटिक्क परेको घरमा बस्ने भएका छन् । अशोकको परिवारलाई केहिदिन अगाडी मात्र एक भब्य कार्यक्रमका साथ घर हस्तान्तरण गरिएको थियो ।


घर हस्तान्तरणमा फ्यानको घुइचो
घर हस्तान्तरण कार्यक्रममा अशोकका शुभचिन्तक, फ्यानहरुको घुईचोनै लागेको थियो । उनलाई भेट्न र उनि सग फोटो खिच्नकै निम्ति देश तथा विदेश बाट समेत मानिस हरु आएका थिए । कुमार नेपाली नामका एक व्याक्ति जो कुवेदमा बस्तै आएका थिए । उनि अशोक लाई भेट्नकै निम्ति भनेर असोकको घर सम्म आइपुगेका थिए । उनि एक उदाहरण मात्र हुन । त्यो भिडमा अन्य त्यस्ता धेरै उदाहरण हरु थिए जो अशोकलाई भेट्नकै निम्ति विभिन्न ठाँउ बाट आएका थिए ।
हिजो सडकम अनि गल्लीहरुमा अफ्नो प्रतिभा देखाएर मागी खाने अशोक आज देश विदेशका कार्यक्रमहरुमा व्यस्त छन् उनको स्वर सुन्न र उनलाई भेट्न अझै पनि धेरै मानिसहरु लालाहित हुने गरेका छन् । उनको यो गीत सँगीतको उचाई दिन प्रतिदिन बढ्दै जावस अशोकलाई गफगाफको शुभकामना
हेर्नुस भिडियो


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस