Tuesday, 26 Oct
01:00:00

रेडियो अडियोकर्मी सन्तोष खनाल सम्मानित

2018/09/05   मनोज

गफगाफ / रेडियोअडियोकर्मी तथा कलाकार सन्तोष खनाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ,उपत्यका समन्वय समिती नयाँ बसपार्कले सम्मानित गरेको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ,उपत्यका समन्वय समिती नयाँ बसपार्कले आयोजना गरेको तीज गीत प्रतियोगितामा प्रतिष्ठानका केन्द्रिय  समितीका अध्यक्ष लोकगायक बद्री पंगेनीले  खनाललाई सम्मान पत्र प्रदान गरेका थिए ।

मंगलबार साँझ राष्ट्रिय नाचघरमा आयोजना भएको यस कार्यक्रममा खनालले हास्यब्यङ्ग्य प्रस्तुती समेत दिएका थिए ।सञ्चार माध्ययममार्फत लोकसंगीतको क्षेत्रमा योगदान पुर्याएवापत खनाल, आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईँ सहित अन्य केही सञ्चाकर्मीलाई पनि सम्मानित गरिएको थियो ।आयोजित तिज गीत प्रतियोतिामा ललितपुर समिती प्रथम भयो भने दोस्रो र तेस्रो क्रमश लाजिम्पाट समिती र बानेशवर कोटेश्वर समिती भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३ सय ३३, दिद्धिय हुनेलाई २२ हजार २ सय २२ र तृतिय हुनेलाई११ हजार १ सय ११ नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।रमेश बिजि, शर्मिला गुरुङ र राधिका हमाल कार्यक्रका निर्णयक थिए ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस