विकासले बनाउदै ‘हजार जुनी सम्म’ नयाँ नायकको खोजि तिब्र

2018/09/05   मनोज

गफगाफ /  विकास राज आचार्य द्धारा निर्मीत चलचित्र ‘नाई नभन्नु ल ५’अहिले पनि देश भरका चलचित्र भवनहरुमा चलिरहेको छ । २०७५ सालमा राम्रो प्रदर्शन गर्ने पहिलो चलचित्र हो नाई नभन्नु ल ५ । नेपाल सरकारले आयोजना गरेको बिमिष्टेक सम्मेलनको असरका बावजुत चलचित्रले राम्रो व्यापार गरिसकेको छ । चलचित्रले राम्रो प्रदर्शन गरे पछि यसको छैटौ सिक्वेल बन्ने कुराले चलचित्र बजारमा चर्चा पाएको थियो । 


तर चलचित्रका निर्देशक विकास राज आचार्य नाई नभन्नु ल को छैटौ सिक्वेललाई थाति राख्दै अर्कै चलचित्र निर्माणमा लागेका छन् । उनले निर्माण गर्न लागेको अर्को चलचित्रको नाम हो ‘हजार जुनी सम्म’। गायक उदय सोताङको आवाजमा सजिएको गीत हजार जुनि सम्ममा नै आधारित रहेर चलचित्रको निर्माण गर्न लागिएको निर्देशक विकाश राज आचार्यले गफगाफ लाई जानकारी दिए । चलचित्र ‘हजार जुनी सम्म’ का निम्ति मुख्य कलाकारको खोजि भइरहेको छ ।


 निर्माण हुन लागेको चलचित्रका निम्ति संगीतमा झुकाव भएको व्यक्ति मुख्य कलाकार रहने छ । त्यस सगैे–‘आकर्षक जीउडाल, लुक्स र अभिनय गर्न सक्ने क्षमता भएको २२ देखि २५ वर्ष सम्म उमेरको नयाँ नायकको खोजि भइरहेको निर्देशक आचार्यको भनाई छ । प्रेमकथामा आधारित चलचित्र हजार जुनि सम्ममा नाइ नभन्नु ल ५ मा अभिनित अनुरोध रेग्मी, सेड्रिना शर्मा  लगायतका बाल कलाकारहरु भने नरहने बताइएको छ । 


विकासको यो चलचित्रमा नायिकाको रुपमा नाइ नभन्नु ल ५ मा समेत अभिनय गरेकी स्वस्तिमा खड्काले काम गर्ने संभावना बढी छ । कलाकारको फाइनल पस्चात चाडै छायांकनमा जाने तयारी भइ रहेको निदेशक बिकास राज आचार्यले जानकारी दिए ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस