Tuesday, 26 Oct
01:00:00

कटरिना र सलमानकी आमाको तस्बिरको चर्चा

2018/09/09   Tek

गफगाफ /  अभिनेत्री कटरिना कैफ र सलमान खान आगामी सिनेमा भारतमा एक साथ प्रस्तुत हुँदैछन् । यो सिनेमाको छायाकंन यतिबेला माल्टामा भईरहेको छ । सिनेमाको छायाकंनको क्रममा सलमानसँगै उनकी आमा सलमा खान र बहिनी अलविरा पनि माल्टामा पुगेका  छन् । सलमानकी आमा र उनकी बहिनीहरुसँग अभिनेत्री  कटरिनासँग निकै नै राम्रो सम्बन्ध छ । उनीहरु एकअर्कासँग नजिक छन् । यहि कारण पनि माल्टामा भेट भएको समयमा एकअर्कालाई हग गर्दै उनीहरुले तस्बिर खिचाए । कटरिना र सलमानकी आमाले हग गरेर खिचाएको एउटा तस्बिर सलमानकी कान्छी बहिनी अर्पिताले सामाजिक सञ्जाल ईन्स्टाग्राममा हालिन् जसले चर्चा पायो ।
सार्वजनिक भएको केही समयमा यो तस्बिर ट्रोल हुन पुग्यो । यस तस्बिरमा केहीले सासु बुहारी भनेर कमेन्ट गरे । तस्बिरमा यस्ता कमेन्टहरु आउन थालेपछि अर्पिताले यो तस्बिर डिलिट गरिन् । स्मरण रहोस कटरिना सलमानकी पुर्र्व प्रेमिका हुन् । अभिनेता रणवीर कपूरसँग सम्बन्ध शुरु भएपछि सलमान र उनको ब्रेकअप भएको थियो । व्यक्तिगत सम्बन्ध सकिएपनि सलमान र कटरिनाको प्रोफेशनल सम्बन्ध भने अघि बढिरहेको छ ।

भारतमा कटरिनाको मोटो पारिश्रमिक
सिनेमा भारतमा कटरिना भन्दा पहिले अभिनेत्री प्रियंका चोपडा फाईनल भएकी थिईन् । तर  प्रियंकाले आफ्नो विवाहको लागि समय दिनु पर्ने भएका कारण यो सिनेमा छोडिन् । प्रियंकाले छोडेका कारण कटरिनाले यस सिनेमामा काम गर्न त पाईन् नै साथ साथै  पारिश्रमिक पनि धेरै पाईन् । हरेक सिनेमामा ६ करोडमा काम गर्ने कटरिनाले यो सिनेमामा काम गरेवापत १४ करोड पारिश्रमिक पाएकी छिन् । पहिलो १४ करोडको माग गरेकी  प्रियंका अन्तमा  ६ करोड ५० लाखमा काम गर्न तयार भएकी थिईन् । तर उनले सिनेमाको नाफाको केही प्रतिशत लिने शुरमा थिईन् ।
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस