The voice of Nepal की कोच अभयाका विदेशी श्रीमान्

गफगाफ /  पछिल्लो समय कान्तिपुर एच डी च्यानलबाट प्रसारण भईरहेको सिंगिङ रियालिटी शो द भ्वाईस अफ नेपाल चर्चामा छ । गत वर्ष नेपालकै पहिलो एच डि च्यानल एपि वान टेलिभिजनबाट शुरु भएको रियालीटी शो नेपाल आईडललाई समेत यसले कडा टक्कर दिएको छ । द भ्वाईस अफ नेपालमा चार जना कोचहरु राखिएको छ । गायक दीप श्रेष्ठ, प्रमोद खरेल र सनुप पौडेल । तीन जना पुरुषहरुको बीचमा एक जना महिला कोच छिन् रकस्टार अभया सुब्बा । सायद सबै बिधाका संगीत रुचाउनेले मात्र उनलाई चिन्छ । हैन भने त उनको गीत मन पराउने र उनलाई चिन्नेको छुट्टै समूह छ । रक गीतसंगीत मन पराउनेहरुले मात्र उनलाई चिन्छन् र माया गर्छन्  । तर भ्वाईस अफ नेपालमा आएपछि भने यस अघि नचिनेकाहरुले समेत उनलाई चिन्न थालेका छन् ।

अभया सुब्बा विशेष गरी कन्सर्टहरुमा जोडदार प्रस्तुती दिने गायिकामा पर्छिन् । उनले आफूले सहभागिता जनाउने कन्सर्टहरुमा महिला शशक्तिकरणका बारेमा आवाज उठाउँदै आएकी छिन् ।अभया नेपालको एक मात्र महिला रकस्टारको रुपमा चिनिएकी छिन् । उनले गाएका गीतहरु मध्ये तिम्रो लागि, नैनीताल जस्ता गीतहरु चर्चामा छन् । भारतको दार्जिलिङमा जन्मेकी अभया सुब्बाले मुम्बईको सेन्ट जेभियर्स कलेजबाट एलएलबि अध्ययन गरिन् । करिअरको शुरुवातमा उनले भारतको टाईम्स एफएममा आरजेको रुपमा काम गरिन् । पछि उनले नेपालमा आएर पनि हिट्स एफएममा आरजेको रुपमा काम गरिन् ।

अभयाको संगीतको शुरुवात पनि भारतबाटै भयो । उनी सन् १९९३ देखि १९९५ सम्म परिक्रम  ब्याण्डमा आवद्ध थिईन् । त्यसपछि पनि उनी  स्काईवाकर्स र पञ्चतत्व जस्ता ब्याण्डहरुमा आवद्ध भईन् । अन्तत उनले आफ्नै एउटा ब्याण्ड स्थापित गरिन् जसको नाम राखिन् अभया एण्ड द स्टिम    ईन्जन्स ।
अभया संगीतमा लाग्नुमा उनका  बुवाको महत्वपूर्ण भूमिका रहेको छ ।  बाल्यकाल देखि नै बुवाले संगीतमा लाग्न प्रोत्साहन गरेका कारण आफू  यस क्षेत्रमा भएको अभया बताउँछिन् ।

वैवाहिक जीवन
अभयाको विवाह २१ वर्ष अघि स्विजरल्याण्डका काय वाईजेसँग भयो ।  काय एक आर्किटेक्ट हुन् । काय स्विजरल्याण्डका भएपनि जन्म नेपालमै भयो र उनी नेपालमै हुर्किए । बाल्यकालमा काठमाण्डौमा साईकलमा घुम्ने काय अहिले पनि साईकलमै हिड्छन् । काय र अभयाको पहिलो भेट दार्जिलिङमा भयो । दार्जिलिण्मा हुर्के बढेकी अभयाकी दिदीको दार्जिलिङमै भएको विवाहमा काय पुगेका थिए । यहि क्रममा उनीहरुको पहिलो भेट भयो । पहिलो भेटमा पनि अभयाले कायको लागि गीत गाएर सुनाएकी थिईन् ।  खासमा कायको एक जना साथी अभयाको आफन्त पर्थे । यहि कारण काय अभयाको घरमै बस्न पुगे ।


यहि भेटले उनीहरुको जीवन साथी बन्ने यात्राको शुरुवात गरायो । त्यो भेटपछि  काय स्जिरल्याण्ड गए र स्विजरलयाण्डबाट काठमाण्डौ फर्किए । अयभा पनि कामको सिलसिलामा काठमाण्डौमा थिईन् । यतै उनीहरुको भेटघाट हुन थाल्यो । यहि क्रममा एक पटक उनीहरु धुलिखेल पुगेका थिए । यहि भेटमा अभयालाई काय मन परेका थिए ।  धेरै कुराको बारेमा जानकारी राख्ने कायको ट्यालेन्टले आफूलाई ईम्प्रेस गरेको अभया बताउँछिन् । एकअर्कालाई मन पराएको डेढ वर्षमा नै उनीहरु विवाह बन्धनमा बाँधिएकी थिए । अभया र कायका एक छोरा छन् रेडन जो अहिले प्लस टु अध्ययन गरिरहेका छन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस