साराको काम हेर्न आतुर छिन् जान्वी

गफगाफ /  अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूरले यहि वर्ष डेब्यु गरिन् । उको पहिलो सिनेमा धडक कारोबारमा सफल रहेको छ ।  सिनेमाको कारोबार भन्दा पनि बढी जान्वीले अभिनयबाट तारिफ बटुलिन् । पहिलो सिनेमाको सफलता पछि जान्वी अन्य केही सिनेमामा अनुबन्धित भईसकेकी छिन् । उता सेफअलि खानकी छोरी सारा अलि खान पनि यहि वर्ष रोहित शेट्टीको सिनेमा सिम्बाबाट डेब्यु गर्दैछिन् ।  त्यस्तै चंकी पाण्डेकी छोरी अनन्या पाण्डे पनि   टाईगर श्राफको अपोजिट सिनेमा स्टुडेण्ट अफ द ईअर २ बाट डेब्यु गर्दैछिन् ।  
बलिवुडमा अन्य केही स्टारका छोराछोरीहरुले पनि डेब्युको तयारी गरिरहेका छन् । तर पछिल्लो समय जान्वी र साराको चर्चा र तुलना भने अन्यको भन्दा धेरै हुने गरेको छ । यी दुई बलिवुडमा आईसकेपछि एअर्काको प्रतिस्पर्धीको रुपमा अघि बढ्ने अनुमान धेरैले लगाएका छन् । तर हालै मात्र मिडियासँगको कुराकानीमा अभिनेत्री

जान्वीले भनिन्, सबैले हामीलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा किन हेरिरहेका छन् ? भन्ने कुरा मलाई थाहा छैन ।  यदि हामीले प्रतिस्पर्धालाई नकारात्मक रुपमा लियौँ भने यो गलत हुन्छ । र मलाई यस्तो मन पर्दैन । सधैँ महिलालाई नै एकअर्काको प्रतिस्पर्धीको रुपमा बढी लिईन्छ ।हामी एकअर्काको सफलता र खुशीमा  रमाउन सक्नुपर्छ । यदि हामीले राम्रो काम गर्यौँ भने अरुको राम्रो काममा पनि खुशी हुन सक्छौँ । म पर्दामा साराको म्ािजक हेर्न आतुर छु ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस