‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ लाई १ करोड भ्यूज रेडियो अडियोमा गरियो सेलिव्रेशन

2018/09/06   मनोज

गफगाफ /  सर्बाधिक सफल चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड भ्यूज पुरा गरेको छ । गीतले १ करोड भ्यूज पुरा गरेको अवसरमा आज काठमाण्डौको बानेश्वर स्थित रेडियो अडियोको कार्यलयमा केक काटेर सेलिव्रेशन नै गरियो । गीतको भिडियोले १ करोड भ्यूज परा गरेको साथै गीतका  संगीतकार दिपक शर्माको जन्मदिन समेत परेको अवसरमा केक काटिएको हो ।


युटुबमा रिलिज भएको छोटो समय भित्रमा नै चलचित्रको यो गीतलाई सर्वाधिक रुचाइएको छ । पछिल्लो समय यो गीत बच्चा देखि बृद्धसम्मको मुख मुखमा झुण्डिएको छ । विभिन्न ठाँउमा हुने पार्टी, बिवाह लगायत विभिन्न कार्यक्रममा समेत यसै गीतले प्राथमिकता पाउने गरेको छ ।  दिपक शर्माको संगीतमा तयार भएको यो गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला, साहित्यकार तथा गीतका रचनाकार राजेन्द्र थापा, गायक  डेभिड शंकर लगायतको उपस्थिती रहेको थियो ।


चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले छोटो समयमा नै गीतलाई दर्शकले माया दिनुभएकोमा धन्यवाद व्यक्त गरे । चलचित्र मौलिक कथाबस्तुमा आधारित रहेको र अघिल्ला चलचित्रहरु भन्दा केहि फरक गर्ने प्रयास गरिएको बताए । हामीलाई सबैको साथ र सहयोग प्राप्त भएको छ । यहि साथ र सहयोगका कारण गीतले सफलता प्राप्त गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाको भनाई थियो । उनले अघिल्ला चलचित्रहरुमा जस्तै यस चलचित्रले पनि दर्शकको मन जित्नेमा ढुक्क रहेको बताइन् । चलचित्रको दोश्रो गीत पनि चाडै नै सार्वजनिक गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । यो चलचित्र दशैंको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस