Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘रोज’ प्रमोशन कोहि बेहोस्, कसैले गरे प्रहरी माथि नै हातपात

2018/09/06   मनोज

गफगाफ / अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर । देशव्यापी कन्सर्ट गरेर चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ ।यसैबीच आउने शुक्रबारबाट ठूला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र ‘रामकहानी’ शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र ‘रोज’ले देशव्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो । राजधानीमा भने गोंगबु र लगनखेलमा कन्सर्ट गरेको थियो ।


‘रोज’ टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । विशेष गरी ‘रोज’का नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण दर्शक बढी देखिन्थे । त्यसमाथि पनि युवती अझ बढी । चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिदै थिए । युवतीहरु स्टेज तलबाटै हुटिङ गरिरहेका थिए । धेरैबेर अघिदेखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । ‘रोज’कै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेरपछि उनकको होस आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पु¥यायो । यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपलाई बेस्सरी अंगालीन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो ।

चलचित्रको प्रचारकालागी हिडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै आएको थियो । ‘दर्शकले आफूलाई भेट्न खोज्दा सकेसम्म धेरै समय दिने गरेको छु,’ प्रदीपले भने, ‘मैले मिलेसम्म धेरै समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र खिचाउँछु भनेर धेरैबेरदेखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु ।’ प्रदीपले देशव्यापी कन्सर्टमा जादा काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरेको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस