रेडियो अडियो

‘रामकहानी’ प्रचार शैलीकै कारण चर्चामा, भोलीबाट एकैसाथ देशभर प्रदर्शनमा

2018/09/06   Tek

गफगाफ /  चलचित्र ‘रामकहानी’ शुक्रबार अर्थात भोली बाट अल नेपाल प्रदर्शन हुँदैछ । यति बेला चलचित्र युनिट प्रचार प्रसारका निम्ति दिन रात नभनी खटिएको छ । चलचित्र युनिटले विभिन्न शैलीहरु अपनाउदै प्रचार प्रसार गरिरहेको छ । निर्देशक सुदर्शन थापाले चलचित्र प्रचार प्रसारमा कुनै पनि कसर बाकी राखेका छैनन् ।

केहि समय अघि उनले काठमाण्डौको व्यस्त मानिने असन चोकमा २ सय जना विद्यार्थी र चलचित्रका कलाका केहि कलाकारले एकै साथ ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । प्रेम कथामा आधारित चलचित्र निर्माण गर्न माहिर मानिन्छन् निर्देशक थापा । यसै बिच प्रचारको अन्तिम समयमा निर्माणपक्षले काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौको कोटेश्वर चोकमा आयोजित कार्यक्रममा चलचित्रकी निर्माता एवम  नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, जितु नेपाल, राजाराम पौडेल लगायतको उपस्थिती रहेको थियो । उनीहरुले चलचित्रमा समावेश ‘तिम्रो लागि म छु’ बोलको गीतमा संयुक्त रुपमा नृत्य समेत गरेका थिए । त्यस सगै काठमाण्डौको रत्नपार्क, ललितपुरको लगनखेल लगायतकका स्थानहरुमा समेत प्रचारात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कमेडी तथा लभस्टोरी जनरामा निर्माण भएको चलचित्र प्रचारात्मक शैलीकै कारण पनि चर्चामा रहेको छ । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस