रेडियो अडियो

हलको दादागिरीका कारण गोपिकृष्णमा नलाग्ने भयो ‘रामकहानी’

2018/09/09   Tek

गफगाफ /  भोलि शुक्रवार एकै साथ देश भर प्रदर्शनको तयारीमा रहेको छ चलचित्र ‘रामकहानी’ । तर चलचित्र‘रामकहानी’ काठमाण्डौको चावाहिलमा रहेको गोपिकृष्ण हलमा भने नलाग्ने भएको छ । चलचित्र रिलिजको अन्तिम समयमा आएर हल सञ्चालकले धोका दिएका कारण गोपिकृष्णमा चलचित्र नलगाउने निर्णय गरिएको निर्देशक शुदर्सन थापाले गफगाफ लाई बताए । ‘खुला प्रतिस्पर्धा गर्न नसक्नेले मैदानमा सगै  लड्न सक्छु भनेर धाक किन देखाउनु ? हिम्मत भए खुल्ला प्रतिष्पर्धा गरेर देखाउन् ,हामी त्यसको सामना गर्न तयार छौ  !’निर्देशक थापाको भनाई थियो ।


‘सुरुमा ठुलो हल कृष्ण मा‘रामकहानी’ लगाउने बताएको र अन्तिम समयमा आएर ‘रामकहानी’ लाई कृष्ण नदिने त्यसको साटो दुई सय दर्शक क्षमता भएको नमःमात्र दिने बताए पछि गोपिकृष्णमा ‘रामकहानी’ नलगाउने निर्णय गरिएको वितरक सुनिल मानन्धरले बताए  । वितरक मानन्धरले भने, ‘कृष्णमा हामीलाई दिने बताए पछि हामीले पोस्टर समेत टाँगिसकेका थियौं । अन्तिम समयमा आएर कृष्ण नदिइ नमः दिने भएपछि हामीले चलचित्र नलगाउने  निर्णय गरेका हौं ।’ गोपिकृष्णको सबैभन्दा ठुलो हल गोपिमा ‘रोज’ लगाउने बताएकोे गोपिकृष्णले कृष्ण भने खाली नै राखेको वितरक मानन्धरको भनाइ छ । 

त्यसो त गोपीकृष्ण हल बाट यस्तो हर्कत भएको यो पहिलो भने हैन । केहि समय पहिले प्रदर्शनमा आएका  गाजलु, कबड्डी जस्ता चलचित्रहरुले समेत गोपिकृष्णको यस्तै सिकार बन्नु परेको थियो । आफ्नो चलचित्र प्रदर्शनमा रहदा अन्य चिलचित्रहरुलाई गोपिकृष्णले साना पर्दामा सिमित गर्दै त्यसको फाइदा लिने गरेको छ । गोपिकृष्णको यस्तो हर्कतका कारण सुदर्शन थापा जस्ता धेरै निर्माता,तथा निर्देशकह रुष्ट हुँदै आएका छन् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस