रेडियो अडियो

पूजा छोरी भएर जन्मिनु अभिसाप

2018/09/07   मनोज

गफगाफ / अभिनेत्री पूजा शर्मा अभिनति सिनेमा रामकहानी आज देखि प्रदर्शनमा आएको छ । यो सिनेमामा पूजा अभिनेत्री मात्रै हैन  निर्मात्रीको रुपमा पनि छिन् । व्यवसायिक काममा  अभिनेत्री र निर्मात्रीको रुपमा सफल भएकी पूजाको व्यक्तिगत जीवन भने त्यति सुखमय छैन । छोरी भएर यो धर्तिमा पाईला राखेदेखि नै पूजाको जीवन परिवारको माया बिना अघि बढ्यो । पूजाले बाल्यकाल देखि नै बुवाको माया र साथको अनुभव गर्न पाईनन् । छोरा खोज्ने परिवारमा छोरी भएर जन्मेकी पूजा आमाको साथ र छत्रछायाँमा मात्र हुर्केकी हुन् ।

छोरा खोज्ने परिवारमा छोरी जन्मेपछि पूजाको भविष्य सुरक्षित गर्नको लागि उनकी आमा सिन्धुपाल्चोकको चौताराबाट काठमाण्डौ आईन् ।
पूजाकी आमा दुर्गा सापकोटालाई छोरी जन्माउनु अभिसाप नै बनेको थियो । छोरी जन्माएका कारण परिवारले छोरा चािहयो भनेर मानिसक तनाव दिन थालेपछि  पूजाकी आमाले घर छाड्ने निर्णय गरेकी थिईन् । सासु ससुराको साथले उनी २०४९ मा छोरी पुजालाई काखी च्यापेर काठमाण्डौ पसिन् र संघर्ष शुरु गरिन् ।
गाउँमा बोर्डिङ स्कुल पनि थिएन । ऋनि उनको सपना छोरीलाई बोर्डिङमा पढाउने र अगाडि बढाउने थियो । यहि कारण उनी काठमाण्डौ आईन् र छोरीको लागि एक्लै संघर्ष गर्न थालिन् ।
अझ श्रीमाले दोस्रो विवाह गरेपछि दुर्गाको लासग उक्त घरमा फर्किने कुनै बाटो नै थिएन । उनले छोरीको लागि एक्लै संघर्ष गर्नुपर्ने भन्दा अर्को विकल्प नै देखिनन् र निरन्तर अघि बढिन् । उनी  छोरी पूजाको भविष्यको लागि मात्रै डटेर लागि परिन् । पूजाको लागि छोरी भएर जन्मिनु नै अभिषाप बन्यो । छोरी भएर जन्मेकै कारण उनी परिवारबाट टाढा भईन् । उनले बुवाको माया अलिकति पनि महसुस गर्न पाईनन् । उनको लागि सधैँ प्रेरणा र हौसला उनकी आमा बनिन् ।पूजाले कलाकारिताको शुरुवात एसएलसी पछि गरिन् । पढाईलाई पनि अघि लाने र कलाकारितालाई पनि अघि बढाउने सोच सहित पूजाले  कलाकारिताको शुरुवात  गरिन् ।

उनको कलाकारिताको शुरुवात  सुगम पोखरेलको गीत पाठशालाबाट भयो । म्युजिक भिडियोसँगै उनले पत्रकारिताको अनुभव पनि संगालिन् । उनले हिमालय टिभिमा तीन वर्ष फिल्मी रिपोर्टरको रुपमा काम गरिन् । यहि क्रममा एक पटक सिनेमा धन्दाको  पत्रकार सम्मेलनमा उनी पुगिन् । त्यहि उनलाई पहिलो सिनेमाको  प्रस्ताव आयो । सिनेमा थियो मधुमास । तर उनी त्यसबेला सिनेमामा प्रवेश गर्न अभिनय नसिकेको   भन्दै अलमलिईन् । पछि निर्माण पक्षको सल्लाहमा उनले अभिनय सिकिन् र सिनेमाको यात्रा तय गरिन् ।

आफूले प्राप्त गेका हरेक सफलतामा आमाको साथ र सपोर्ट पाउँदा पूजा आफूलाई एकदमै भाग्यमानी महसुस गर्छिन् । मधुमासबाट शुरु भएको पूजाको सिने यात्रा अहिले रामकहानीसम्म आईपुगेको छ । यस बीचमा उनले सिनेमा अझै पनि, चङखे शङखे पङखे, प्रेम गीत, म यस्तो गीत गाउँछु जस्ता सिनेमामा काम गरिन् । यी मध्ये सिनेमा प्रेमगीत उनको करिअरको सफल सिनेमा हो ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस