’रोज’ र ’रामकहानी’ आज बाट एकैसाथ प्रदर्शनमा

2018/09/07   Tek

गफगाफ /  फ्राईडे रिलिज अन्तर्गत आज २ ओटा चलचित्र ’रोज’ र ’रामकहानी’ आमने सामने हुदैछन् । यस हप्ताका लागि अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ’रोज’ र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ’रामकहानी’  । यी दुवै चलचित्र राम्रो प्रदर्शन गर्नेमा अपेक्षा गरिएका चलचित्र हुन् । पुजा र प्रदिपले एक अर्कालाई प्रतिस्थनपनको भावनाले दुई चलचित्रको भिडन्त भएको धेरैको बुझाई छ । हुन त प्रदिप र पुजा दुवैको राम्रो फ्यान फलोइंग भएको पाइन्छ । विशेषत प्रदिप चक्लेटी भएकै कारण युवतीहरु एनका धेरै फ्यान छन् ।

भने पुजाका पनि प्रदिपका भन्दा कम भने छैनन् । ’रामकहानी’ र ’रोज’ को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने तराजुको रुपमा समेत लिइएको छ । मल्टिप्लेक्समालाई आधार मन्ने हो भने ’रामकहानी’ भन्दा ’रोज’ नै अगाडि रहेको बुझिएको छ । यता ’सिंगल स्कृन’ मा भने दुवैले बराबरी रुपमा नै पाएका छन् । प्रचार प्रसारलाई हेर्ने हो भने ’रामकहानी’ले विभिन्न शैली अपनाउदै दर्शकलाई आफ्नो पक्षमा पार्न कुनै कसर छाडेका छैनन् निर्देशक सुदर्शन थापाले ।


’रामकहानी’ लभस्टोरी तथा कमेडी जनराको चलचित्र हो । यसमा पूजा शर्मा र आकाश श्रेष्ठले जोडीका रुपमा रोमान्स गरेका छन् । चलचित्रमा हास्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झा लगायतको समेत अभिनय हेर्न सकिन्छ । यता नीरक पौडेल निर्देशित चलचित्र ’रोज’ भने लभस्टोरी  सगै क्राइम थ्रीलर चलचित्र हो । ’रोज’ मा प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगर लगायतका कलाकार हरुले अभिनय गरेका छन् । 
 एकसाथ बक्सअफिसमा भिडन्त सुरु गरेका दुबै चलचित्र यस वर्षका प्रतिक्षीत चलचित्र हुन् । कुन चलचित्रलाई दर्शकको साथ मिल्छ भन्ने आकलन गर्न अहिले नै सम्भव छैन । तर आज र भोलीको व्यापार पश्चात भने कुन ले कस्तो व्यापर गर्दै छ स्पष्ट हुने छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस