आकाशलाई प्रेमिका भन्दा पुजा खास, रामकहानी आकाशको लागि कस्तो ? [ भिडियो कुराकानी]

2018/09/09   Tek

गफगाफ -अभिनेता आकाश श्रेष्ठ पछिल्लो समयका चल्तीका नायक मध्येका एक हुन् । आकाश को पहिलो फिल्म म त तिम्रै हुँु हो । उक्त फिल्ममा डेब्यु गरेपछि अभिनयमा राम्रै पकड जमाएका आकाशले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन् । म्युजिक भिडियो संगै फिल्महरुमा पनि काम गरिरहेका आकाशलाई दर्शकहरुको पनि राम्रै साथ मिलिरहेको छ । आकाशले म त तिम्रै हुँ पछि तिमी सँग,ब्ल्याक, ड्रिमगर्ल र रामकहानीमा काम गरिसकेका छन् । जसमध्य तिमी सँग र ल्याक प्रदर्शनमा आई सकेका छन भने रामकहानी आजबाट पैदर्शनमा आएको छ । त्यस्तै ड्रिमगर्ल प्रदर्शनमा आउन बाँकी फिल्म हो ।  रामकहानी प्रतिक्षित फिल्म मध्यको एक हो । फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य अभिनय रहेको छ । उनै आकाश श्रेष्ठलाई हामीले चलचित्र रामकहानी कै सन्दर्भमा रहेर कुरा कानी गरेका थियौँ ।

  • रामकहानी केदार दाई को दामकहानी तपाइँ को लागि के ?

 मेरो लागि चाहिँ रामकहानी नै हो, साथै मेरो करियर कै एउटा राम्रो चलचित्र हो ।

  •  तपाइँले रामकहानी भित्रको जित दाईको डाईलग बोल्नु पर्यो भने कुन डाईलग बोल्नुहुन्छ ?

 उहाको रक्सि खाएर मतेको एउटा सिन छ त्यो मलाई अत्यन्तै मन पर्छ त्यसैले त्यहि बोल्छु थुतुनो मन पर्यो भन्दैमा भुतनि संगै सुत्नि 

  •  तपाँईसँग काम गरेका अन्य चार नायिका र पुजा जी मा के फरक छ ?

अन्य ४ मा भन्दा पूजा जीमा धेरै फरक छ,  पूजा कलाकार संगै निर्मात्री पनि हो । वाहा निकै सहयोगी भावनाको हुनुहुन्छ ।

  • रामकहानी को राम तपाँई रामायण को रामलाई चाँही कसरी बुझ्नुहुन्छ ?

रामायण को राम भनेपछि आफै स्वयम भगवान नै हुनुहुन्छ, एउटा नाम नै काफी छ ।

  • रामकहानी मा तपाँईलाई सबैभन्दा मन परेको पक्ष के हो ?

रामकहानीको राम्रो पक्ष भनेको लभस्टोरी नै हो, साथै चलचित्रमा नेपालका हजारौ दाजुभाई विदेशमा गएर परिवारको लागि गर्नु भएको दुख लाई पनि चलचित्रमा उठान गर्न खोजेका छौँ ।

  • तिम्रो लागि म छुु गीतमा जस्तो कहिले आफ्नै प्रेमिका सँग नाच्नु भएको छ ?

 मेरो रियलमा कुनै प्रेमिका छैन, नाच्नुको कुरा नै आएन तर मेरो ममी सँग भने त्यस्तै खालको डान्स गरेको छु ।

  •  तपाँईको लागी पुजा सँग फिल्म खेल्नु ठुलो कि पारिश्रमिक ठुलो ?

पारिश्रमिक मलाई धेरै महत्वपूर्ण लाग्दैन, रामकहानी मा काम गर्न पाउनु नै मेरो लागि ठुलो कुरा हो । सुदर्शन जी ले मलाई रामकहानीको हिस्सा बनाउनु भयो यसैमा म खुशि छु ।

  • रामकहानीु मा पुजाको लालपुर्जा दिलमा भएको जस्तै रियलमा कसैको मायाँको लालपुर्जा दिलमा छ कि नाई ?

 अघि भनि हाले नि मेरो कोई पनि प्रेमिका छैन, अब कोई हुनुहुन्छ, भेटिनुहुन्छ भने चाँडै मिलोस भन्ने आश गरेको छु, त्यसको लागि प्रतिक्षामा छु ।

  • रामकहानी मा भुतप्रेतलाई विश्वास गर्नुभएको छैन तर बास्तबिकतामा कत्तिको विश्वास लाग्छ ?

म भगवानलाई विश्वास गर्छु, भगवान भएपछि अबश्यनै भुत पनि हुन्छ आफैले धेरैपटक प्रत्यक्ष देखेको पनि छु । त्यसैले भुत हुन्छ भन्ने कुरालाई विश्वास गर्छु ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस