माग्नेलाई भुतले तर्साको त्यो दिन

गफगाफ /  सुदर्शन थापाको निर्देशन रहेको सिनेमा रामकहानी आज देखि प्रदर्शनमा आएको छ । यस सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमा कमेडी कलाकारहरुको वर्चश्व भएका कारण छायाकंनको समय देखि नै चर्चामा आएको छ ।

अभिनेता केदार प्रसाद घिमिरे उर्फ माग्ने बुढा यस सिनेमामा काम गरेवापत लिएको पारिश्रमिकका कारण निकै नै चर्चामा रहे । उनले यस सिनेमामा काम गरे वापत १० लाख पारिश्रमिक लिएका छन् । यो सिनेमामाको ट्रेलरमा अभिनेत्री पूजा शर्मा भुत बनेर तर्साएको सिन देख्न सकिन्छ । जसमा कलाकारहरु भुतबाट बच्न विभिन्न उपायहरु अपनाएको देखिन्छ । सिनेमामा भुतले तर्सिएका केदारलाई हामीले वास्तविक जीवनमा पनि यस्तो अभुनव छ ? भनेर प्रश्न गर्दा उनले भने, एकपटक  बाटो पिच गर्ने चाईनिज कम्पनी थियो  धापाखेलमा । क्याम्पस पढ्ने क्रममा म त्यहाँ काम गर्थे । साँझ ६ बजेपछि मेरो ड्युटी शुरु हुन्थ्यो ।


एक पटक काम गर्दा गर्दै राती १२ बजेतिर चाउ चाउ खाने भने साथीहरुले । हामी त्यहाँ स्टाफहरु धेरै नै थियौँ । त्यहाँ एउटा  खोलाको नजिकै कटेज जस्तो थियो । अनि चाऊ चाऊ ल्याएर पकाएर हाल्ने बेलामा चाहि एक्कासी खोलामा बाढी आएको आवाज आयो । यो चाहि जेम्स स्कुलको अगाडि पट्टी पर्छ ।  वर्षामा खेतको गह्रा भरिएर जस्तो आवाज आउँछ नि त्यस्तै आयो  । अनि सबै जनालाई  अचम्म लाग्यो । हामीले कहाँबाट आयो यस्तो भेनेर हेर्यौँ । केहीले खोलामा पानी बढेको हो की हैन भनेर झार पन्छाएर पनि हेरे । अनि त त्यहाँ त पानी पनि बढेको रैन्छ । आवाज मात्रै आएको रहेछ ।   अनि पछि कोठामा जाने बेलामा एउटा कान्लो उक्लेर मुख्य बाटोमा निस्कने ठाउँ थियो । म र मेरो एकजना साथी कोठामा जाँदै थियौँ । अनि ठ्याक्क कान्लो उक्लिँदा त पूरा लास आईराको रहेछ । पुँ......... गर्दै आईराको हाम्रो त सातो पुत्लो गयो ।
एकैछिन अगाडि भुतको कुरा गरेको पछि त्यस्तो देखियो । अनि पछि थाहा भयो हाम्रो अफिस जहाँ थियो त्यो ठाउँ चाहि चिहान रहेछ । पछि कुरा गर्दा मानिसहरुले यसलाई यसरी नै व्याख्या गरे ।यता भुतको कथा बोके जस्तो लाग्ने सिनेमा रामकहानीमा साँच्चिकै भुत छ कि छैन त्यो थाहा पाउन भने तपाईँले सिनेमा हेर्नै पर्छ । यो सिनेमा आज देखि देशभर प्रदर्शनमा आएको छ ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस