रेडियो अडियो

‘पुरानो बुलेट’को  छायांकनको काम सकियो

2018/09/07   Tek

गफगाफ - चलचित्र ‘पुरानो बुलेट’को  छायांकनको काम सम्पन्न भएको छ । छायांकनको सम्पुर्ण काम सकिए सँगै हाल पोष्ट प्रोडक्सनको काम भैरहेको छ । भिषण राईले निर्देशन गरेको उक्त चलचित्रको सम्पादन अर्जुन जिसी र सन्देश साहले गरिरहेका छन् । चलचित्र क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भएको हो ।
चलचित्रको छायांकन गर्नका निम्ति करिव ४० दिन लागेको चलचित्रका निर्देशक भिषण राईले गफगाफलाई बताए । काठमाण्डौको कालिकास्थानमा रहेको फिल्म मोसन नेपालमा चलचित्रको सम्पादनको कार्य भइरहेको बताइएको छ ।

चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।पुर्वेली शैलीमा निर्माण गरिएको चलचित्र ‘पुरानो बुलेट’ले त्रिकोणात्मक पे्रमभाव बोल्ने निर्देशक राइको भनाई छ । चलचित्रको कार्यकारी निर्माता सन्तोष राई र भीषण राई हुन भने कथा पनि दुवैले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रलाई विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रको छायांकन  काठमाण्डौ सँगै पुर्वका नाम्जे, लेटाङ, दोमुखा लगायतका स्थानहरुमा गरिएको हो । हरि घले लामाले खिचेको यो चलचित्रको प्रदर्शन मिति भने निश्चित भइसकेको छैन । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस