छक्का पञ्जा ३ को उमेर ढल्किन्छ सार्वजनिक

2018/09/10   मनोज

गफगाफ - सिनेमा छक्का पञ्जा ३ को दोस्रो गीत पछि उमेर ढल्किन्छ सार्वजनिक भएको छ ।  सोमबार बिहान ११ बजे युट्युब च्यानल हाईलाईट्स नेपालबाट गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, दिपीका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलाई फिचर गरिएको छ । दीपकराज गिरी र अर्जुन पोखरेलको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको आवाज रहेको छ  भनृ गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको छक्का पञ्जा ३ मा समावेश एउटा गीत पहिलो नम्बरमा यस अघि नै सार्वजनिक गरिएको छ  जसलाई ३७ दिनमै एक करोड भन्दा धेरै भ्युज मिलिसकेको छ ।पहिलो नम्बरको लोकप्रियता पछि सार्वजनिक भएको दोस्रो गीतलाई पनि दर्शकको माया मिल्नेमा निर्माण पक्ष आशावादी छ । छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
 


ताजा समाचार

एकै साथ प्रदर्शनमा आएका चलचित्र दैलो,गुनगुन र अनुग्रहको कमजोर प्रदर्शन 

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत यो सात पुरा पढ्नुहोस

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस