रहरै रहरले दौडिएको मुन्द्रेको रामकहानी

2018/09/10   Tek

गफगाफ - हाँस्यकलाकार जितु नेपालले हालै मात्र प्रबल जनसेवा श्री जस्तो गरिमामय पदक प्राप्त गरे । उनले नेपालको पहिलो महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट यो पदक प्राप्त गरेका हुन् । उनले नेपाली कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले यो पदक प्रदान गरेको हो । यो पदक पाईसकेपछि जितुले भने, राज्यले यसरी सम्झिनु खुशीको कुरा हो । म त एउटा साधारण मान्छे हुँ । साधारण कलाकार हुँ ।  राज्यले यसरी सम्झिनु ठूलो कुरा हो । मलाई जस्तै अन्य कलाकारलाई पनि राज्यले सम्झिदै जाओस् । अहिले त म खुशी सँगसँगै अलिकति दुखी पनि छु । किनभने यो पदक मलाई जुन प्रकारले सम्माननिय राष्ट्रपति ज्यूुले त्यति ठूलो कार्यक्रममा लगाईदिनु भएको छ त्यसको  गरिमा चाहि मैले जोगाउन पाउँ । सकुँ । अहिले मलाई अलि बढी जिम्मेवारी बोध भएको छ । अब अझै राम्रो काम गर्न पाउँ भन्ने भाको छ । देशले मलाई जसरी सम्झेको छ । मैले पनि त्यसरी नै देशको लागि केही गर्न पाउँ भन्ने भएको छ । देशलाई केही योगदान गर्न पाउँ भन्ने लागेको छ ।

सिन्धुपाल्चोकमा जन्मेका जितुको बाल्यकाल उतै बिताए । मध्ययम वर्गिय परिवारमा  जन्मेका उनी परिवारको कान्छो छोरा हुन् । उनका ५ जना दाजु  र एक जना दिदी छन् । जितुले एस एल सी पछि काठमाण्डौको यात्रा तय गरे । उनको बाल्यकाल मेलापात र गोठालो गरेरै बित्यो । यहि काम र समान्य जीवनमा रमाएका जितुले बाल्यकालमा कलाकार बन्ने भन्ने बारेमा सोचेका थिएनन् । उनले कलाकार बन्नको लागि केही तयारी पनि गरेका थिएनन् । उनको परिवारकोृ कोही यस क्षेत्रमा पनि थिएनन् जसले उनलाई  कलाकार बन्न रहर जागोस् । यहि  कारण पनि उनको  कलाकारिता प्रवेश निकै नै चाख लाग्दो छ ।


टेलिभिजनमा अनुहार देखाउने रहरले उनको यस क्षेत्रमा प्रवेश भयो । तर उनको त्यो रहरनै उनको मुख्य पेशा बन्न पुग्यो । बाल्यकालमा के बन्ने  भन्ने त्यस्तो साचै थिएन । उनमा मात्र पढौँ, घरमा राम्रो गरौँ भन्ने मात्र थियो । पछि एसएलसी पास गरेपछि क्याम्पस पढ्नी अनि काठमाण्डौमै जागिर खाने हिसाबले जितुले सिन्धुपाल्चोक देखि काठमाण्डौको यात्रा तय गरे ।  काठमाण्डौमा आएपछि  उनले चावहिलमा सुपथ मुल्य पसलमा काम गर्न थाले । यहि  काम गर्ने क्रममा उनको टेलिभिजनमा अनुहार देखाउने रहर पूरा भयो । उनले पहिलो पटक सन्तोष पन्तको सिरियल आज भोलिका कुरामार्फत टेलिभिजनमा आउने मौका पाए । यो उनको लागि सुनौलो मौका थियो । उनले सन्तोष पन्तसँगै पहिलो सिन र सम्वाद बोले । उनी भन्छन्, यो कुरामा त मैले मुहानै फेला पारेँ । यो सबैभन्दा ठूलो कुरा हो ।  पहिलो पटक सिरियलमा सम्वाद बोल्दा र अभिनय गर्दा उनको रहर पूरा भएको थियो । त्यस बखत उनले कलाकारितामा अघि बढ्ने र यसलाई नै मुख्य पेशा बनाउने बारेमा सोचेकै थिएनन् ।   
त्यसको एक वर्ष पछि सम्म पनि उनलाई रहर मात्र पूरा  भए जस्तो लाग्थ्यो ।  तर विस्तारै सबैले चिन्न थाले । अनि उनलाई रहर बढ्न थाल्यो । सन्तोष  पन्तसँग टिभिमा देखिँदा गाउँतिर पनि कुरा हुन थाल्यो ओहो यो त टिभिमा पुग्यो भन्ने भयो । सबैको यस्तो कुराहरु सुन्दा सुन्दै उनको रहर झन् झन् बढेर गयो । तर उनलाई काम गर्नु पर्ने बाध्यता थियो । कलाकारितामा मात्रै पूरा समय दिन पाउने अवस्थामा उनी थिएनन् । यहि कारण उनले अन्य कामहरु पनि गरे । उनले यो क्रममा तरकारी पसल गरे । उनले त्यसताका गार्मेन्टमा पनि काम गरे । चिया पत्तिको मार्केटिङमा पनि उनले काम गरे । घरमा बिजुलीको  पाईपहरु बिछ्याउने कामको अनुभव पनि उनले गरेका छन् । दैनिक जीवनयापन गर्न उनलाई काम गर्नै पर्थ्यो । अनि उनले कामसँगै पढाइलाई पनि अघि बढाए ।  सिरियल खेल्ने रहरले उनी रात दिन नभनी कामहरु गर्थे र दिउँसोको समय सिरियलमा दिन्थे ।  


 पछि  उनले दिनेश डिसीको ट्याक्क टुक्कमा काम गरे । काम गर्दै जाँदा अनुभव बटुल्दै जाँदा उनले गीतान्जलीमा पनि काम गरे । यहि क्रममा उनलाई कलाकार केदार घिमिरे र सीताराम कट्टेलले अर्को आफ्नै सिरियल बनाउने कुरामा जोड दिए । अनि  जितुले आफ्नै लेखन र निर्देशनमा जिरे खुर्सानीको शुरुवात गरे । जिरे खुर्सानीको जन्म भएसँगै जितुको पनि नयाँ जन्म भयो । उनको नयाँ नामको न्वारन भयो जसले उनलाई स्थापित बनाईदियो । त्यो नाम थियो जिरे खुर्सानीको एउटा पात्र मुन्द्रे ।यहि सिरियल पछि उनी मुन्द्रेको रुपमा स्थापित भए र उनको कलाकारिता अगाडि बढ्यो ।  जुन अहिले पनि कायमै छ ।  लामो समय देखि उनले कलाकारितामा दिएको यहि योगदानका कारण नेपाल सरकारले पनि उनलाई सम्मान गरेको छ  । पछिल्लो समय उनी सिनेमामा व्यस्त छन् ।  यतिबेला उनले अभिनय गरेको सिनेमा रामकहानी प्रदर्शनमा आएको छ । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ । करिअरमा सफल जितु विज्ञापनहरुमा पनि सफल छन् । उनको चर्चा र सफलता देखेर उनलाई नेपालका चर्चित कम्पनीहरुले आफ््नो ब्राण्ड प्रचारको लागि उनलाई प्रयोग गरिरहेका छन् ।
जितु अहिले सानिमा लाईफ ईन्स्योरेन्स, नेपाल एयरलायनस जस्ता ठूला कम्पनी र अन्य केही ब्राण्डका ब्राण्ड एमबेस्डर बनिसकेका छन् ।


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस