Tuesday, 26 Oct
01:00:00

पूजा शर्मा अहिलेकी नम्बर १ अभिनेत्री हुन् - भुबन केसी

2018/09/10   मनोज

गफगाफ-  सुपरस्टार अभिनेता भूवन केसीले रामकाहानी की निमात्री एवम् नायिका पूजा शर्मालाई नम्बर १ अभिनेत्रीको भएको बताएका छन् । आइतबार बेलुकी फिल्म रामकहानी हेरेर निस्किए पछि भूवनले पूजा तथा  आकाश दुवैको कामको खुलेरै प्रशंसा गरे । अभिनेत्री पूजा शर्माले ३ वटा हिट फिल्म लगातार दिएकाले उनी नेपाली फिल्मको नम्बर १ अभिनेत्री भएको बताए ।
 अघिल्ला चलचित्रहरुमा जस्तै फिल्म रामकहानीमा पूजाले परिपक्क काम गरेको उनको भनाई छ । भूवनले फिल्म निकै मन परेको र निर्देशक सुदर्शन थापाको काम पनि तारिफ योग्य रहेको बताएका थिए । अभिनेता भूवन केसीले नम्बर १ को उपाधि दिएपछि अभिनेत्री पूजा शर्मा दंग छिन् । नेपालमा अभिनेत्रीको नामबाट सिनेमा चल्दैन भनिन्छ । तर, अभिनेत्री पूजा शर्माको नामले समेत हलमा दर्शक आउने गरेको देखिएको छ । यसैले पनि उनी नम्बर १ अभिनेत्री रहेको भूवनको तर्क छ । पूजा पनि नेपाली सिनेमा क्षेत्रको आफ्नो ’फेभरेट एक्टर’ भुवनलाई नै मान्छिन् । 
सेलिब्रेटी र पत्रकारका लागि आयोजना गरिएको ’स्पेशल शो’ मा भुवनसँगै रेखा थापा, दीपकराज गिरी, शोभित बस्नेत, बाल कलाकार अनुभव रेग्मी, निर्मल शर्मा, जय किशन बस्नेत लगायतका कलाकारहरुको  उपस्थिती रहेको थियो । फिल्म हेरेपछि अधिकांशले पूजा र आकाशको को अभिनयको प्रशंसा गरे । कति पयले भने केदार घिमिरे,विल्सन विक्रम राई रविन्द्र झा ले चलचित्रलाई बलियो बनाएको प्रतिकृया दिए । रामकहानीले ३ दिनमा १ करोड ग्रस कलेक्शन गरेको छ । पूजा यो सिनेमाको व्यापारबाट खुशी रहेको बताउँछिन् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस