पुजा र सुदर्शनको फिल्म बाट तिन नायक हिट, आकाश अघिल्लो फिल्ममा होलान् त फिट ?

2018/09/11   मनोज

गफगाफ-  नेपाली सिने क्षेत्रमा अब्बल निर्देशकका रुपमा हेरिने नाम हो सुदर्शन थापा । उनै सुदर्शन थापाले निर्देशन गरेको पछिल्ला फिल्महरु प्राय सबै सफल नै छन् । सुदर्शन निर्देशित फिल्महरु जति सफल छन्,त्यो भन्दा धेरै फिल्मका नायकहरु सफल हुने गरेका छन् । सुदर्शनले निर्देशन गरेको सफल चलचित्र ’प्रेम गीत’ले जती चर्चा पायो त्यो भन्दा धेरै पुजा शर्मा र नायक प्रदिप खड्काको जोडीको चर्चा भयो । तर यो जाडी धेरै दिन सम्म एकै साथ टिक्न सकेनन् । प्रेम गीतमा दर्शकले राम्रै रुचाएका थिए पुजा र प्रदिपको जोडीलाई । तर त्यस पछि दर्शकले यस जोडीलाई एकै साथ देख्न पाएका छैनन् । प्रेम गीतको सफलता पछि  यसको टिममा नै उतार चडाप आयो र टिम नै २ किनारा लाग्यो । त्यो भन्दा ठुलो कुरा पुजा र प्रदिपको सम्बन्धमा नै पानी बाराबारको अवस्था रहेको चर्चा हुने गरेको छ सिने नगरीमा । तर उनिहरुको सम्वन्ध जस्तै भए पनि पुजा र प्रदिप दुबैका निम्ति चलचित्र प्रमगीत लक्की सावित भयो । 

निर्देशक थापाले निर्देशन गरेको अर्को फिल्म हो ’म यस्तो गीत गाँउछु’ । यस फिल्ममा पुजा शर्मा र पल शाहको जोडी बाधियो । प्रदिप पछि पुजाको जोडीको रुपमा देखिएका पललाई पनि दर्शकले रुचाए । यो जोडीको चर्चाले पनि सिने नगरीमा राम्रै स्थान पाएको थियो । दर्शकले फेरी पनि अर्को चलचित्रमा पुजा र पलको जोडीलाई हेर्ने चाहाना दर्शकको थियो । तर हाल सम्म पनि दर्शकको त्यो चाहाना चाहानामै सिमित छ ।  हाल सुदर्शनकै निर्देशनमा बनेको चलचित्र ’रामकहानी’ प्रदर्शन रत छ । चलचित्रले औषत व्यापार गरे पनि चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई दर्शकले औधि रुचाएका छन् । याँहा सम्म की पुजा र आकाशको जोडीलाई रिलमा मात्र सगै हैन रियल जोडीको  रुपमा हेर्न चाहाने दर्शकहरु धेरै छन् ।

उनिहरुले मुखै खोलेर रियल जोडी बन्न आग्रह गरिरहेका छन् । प्रदर्शन रत  चलचित्र ’रामकहानी’ ले नायक आकाश श्रेष्ठलाई राम्रै हाईप दिई रहेको छ । अब दर्शकहरुले फेरी प्रश्न गर्न थालेका छन, कतै आकाश र पुजाको सम्वन्ध पनि प्रदिप र पलको जस्तै हुने त हैन ? यो जोडीलाई अर्को चलचित्रमा फेरी पनि एक साथ देख्न पाइन्छ या पाइदैन ? त्यस्को उत्तर भने समयले नै बताउने छ । तर सुदर्शनले बनाउने अर्को चलचित्रमा आकाश अटाउलान त ? 

हेर्नुस पुजा, आकाश र सुदर्शन सँगको कुराकानी स्


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस