’इन्टु मिन्टु लण्डनमा’ ले दियो प्रचार प्रसारलाई तिव्रता

2018/09/11   मनोज

गफगाफ- असोज ५ गतेबाट प्रदर्शजमा आउने फिल्म ’इन्टु मिन्टु लण्डनमा’ टिम यतीवेला मोफसल टुरमा छ । फिल्म प्रदर्शन मिति नजिकिएसँगै  निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाएको छ । भापाको बिर्तामोड, दमक बिराटनगर, धरान इटहरी लगायतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर प्रचार प्रसार गरिरहेका छन् । कार्यक्रममा नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह लयक धिरज मगर, निर्देशक रेनेशा वान्तवा राई  लगाय छन् । चलचित्रमा समाबेश गीत संगीत र ट्रेलर सार्वजनिक भए सगै चलचित्र चर्चामा छ । मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आत्मविश्वास बढेको चलचित्रकी निर्देशक रेनेशा वान्तवा राईले गफगाफलाइृ बताइन् ।
चलचित्रकी नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह चलचित्रलाई लिएर उत्साहित छिन् । उनले चलचित्रको कथा मन परेको  र यसमा आफुले न्याय गर्न सक्छु भन्ने विश्वास भएका कारण चलचित्रमा काम गर्न तयार भएको बताइन् । उनले चलचित्रको प्रचार सामाग्री गीत संगीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले अझ उत्साहित बनाएको बताइन । चलचित्रबाट डेव्यु गरेका नायक धिरज मगरले पुर्वी नेपालमा पहिलो पटक पाइला टेकेको बताए । पहिलो पटक ’इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले नेपाल टुर गराएकोमा निर्देशक र टिमलाई समेत उनले धन्यवाद व्यक्त गरेका थिए ।

आफ्नो पहिलो चलचित्र भएकै कारण पनि यसले भविस्य बोकेको धारणा राखे । चलचिमा साम्रज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भूषण पाठक, रुबी राणा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सफल कोरियोग्राफरको रुपमा चिनिएकी रेनेशा वान्तवा राईले पनि यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेकी हुन्  । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जबराले मिलेर निर्माण गरेका हुन् । 
 


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस