हरितालिका तीजको विशेषता र महत्व

गफगाफ -  हरितालिका तीज भन्ने बित्तिकै नेपाली हिन्दू महिलाहरुले मनाउने महत्त्वपूर्ण पर्व हो । यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म मनाउने परम्पर रहि आएको छ । तर आधुनिक समाजमा यसको महत्व बढ्दै गएको छ । विशेष त चेली र माइती विचको सम्वन्ध प्रगाड गर्ने पर्वका रुपमा लिइने तीजलाई हाल भने साथी संगी भेला भएर रमाइलो गर्ने चाडका रुपमा पनि तीजको विकास हुदै गएको पाइन्छ  । यस पर्वमा मुख्य तय भगवान शिवको आराधना गर्ने गरिन्छ । त्यस सगै विभिन्न तीजका गीत बजाउने र नाचगान, मनोरञ्जन समेत गर्ने गरिन्छ । 
नेपालका सबै जसो भुभागमा मनाइने यो पर्व भारतका केहि नेपाली भाषी वसोबास गरेका स्थानहरुमा समेत मनाउने चलन रहेको छ । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्यको कामनाका साथ ब्रत राखेकि थिईन् । र त्यहि समय देखि हरितालिका तिज मनाउने र आफ्नो श्रीमानको सुस्वस्थ्य तथा दिर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने परम्परा रहि अएको छ । नेपाली हिन्दू महिलाहरूले मनाउने यो पर्व पछिल्लो समयमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले समेत मनाउन थालेका छन् ।


दर खाने दिन
हरितालिका तीज विशेष त चेलि र माइतीको सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ  । माइतीले छोरीरचेली लाई उनको घरैमा लिन जाने र माइती ल्याएर  विभिन्न परिकार खुवाउने तथा वर्ष भरीका सुख दुख साटासाट गर्ने चलन रहेको छ । तीजको पहिलो दिन अर्थात यस दिनलाई दर खाने दिनका रुपमा मानिन्छ यस दिन विशेष महत्वका साथ दर खाने गरिन्छ । दरमा खीर, ढकने, सेलरोटी, केरा जस्ता विभिन्न मिष्ठान्नहरु खाने परम्परा रहि अएको छ ।  पछिल्लो समय आधुनिकता सँगसँगै यस दिन  खाइने परिकारमा समेत परिवर्तन आउँदै गएको छ । यस दिनको मुख्य विशेषता अझ विशेष रहेको छ । विभिन्न परिकार बनाइन्छ र मध्यरात १२ बजे अघि खाने चलन  छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । तर पछिल्लो समयमा आफ्नो स्वस्थ्यलाई मध्यनजर गरेर मात्र ब्रत बस्ने चलनको विकास हुदै गएको छ ।


तीजको मुख्य दिन
आधुनिक समाजमा तीजलाई आ आफेनै तरिकाले व्याख्या गर्ने गरेका छन् । यस पर्वको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलि आएको परम्परा हो । सृष्टि र समाज चल्नको निम्ति पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा रहने गर्छन । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । 
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनालाई कम गर्न यो पर्वको ठूलो महत्व छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहिता कन्याहरुले भने सुयोग्य वरको आशा राखी व्रत बस्ने गरेका छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समपनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् ।


ताजा समाचार

चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप

गफगाफ - सोमबार ललितपुरको श्रीकाली चौरमा चलचि पुरा पढ्नुहोस

सुटिङ स्थलमै पाडेको जन्मदिन्

गफगाफ - टेलिश्रींखला भद्रगोलको सुटिङ स्थल मु पुरा पढ्नुहोस

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक 

गफगाफ - सामाजिक कथा बोकेको पारिवारिक सिनेमा &lsq पुरा पढ्नुहोस

सलिनमानको यात्रामा राखिने भयो चट्ट रुमालको रिमेक

बलिउड सिनेमा उद्योगमा पछिल्लो समय पुराना सिनेमाका गीत पुरा पढ्नुहोस

मलाई बाल भन्नु भो नी त

पोडे ले एकदिन एक जना दाई को कपाल बालदिएछ । त्यसपछि नक्कल पुरा पढ्नुहोस