Tuesday, 26 Oct
01:00:00

प्रदीपसँग अफेयर जसिताले खोलिन् मुख

2018/09/13   मनोज

गफगाफ- अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले आगामी सिनेमा लभ स्टेशनमा पर्दा बाँड्ने भएका छन् । यस अघि सिनेमा लिलिबिलीमा काम गरेको यो जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए । पर्दामा सुहाएको यो जोडी अफेयरमा रहेको खबर पनि सार्वजनिक भएको थियो । सिनेमा प्रदर्शनमा आएपछि नै उनीहरुको अफेयरको चर्चा चलेको थियो । प्रदीपकै कारण जसिताले राम्रो ब्यानरका सिनेमाबाट आएका अफरहरु पनि अस्विकार गरेको खबरहरु बाहिरिएका थिए । प्रदीपकै कारण उनी आगामी सिनेमा लभ स्टेशनमा काम गर्न राजी भएको खबर पनि थियो । सिनेमा लिलिबिलीको काम सकेर लण्डन फर्केकी जसिता क्ेही दिन अघि मात्रै काठमाण्डौ आएकी छिन् ।
नेपाल आएर उनी सिनेमा लभ स्टेशनको वर्कशपमा व्यस्त रहेको बुझीएको छ ।यहि क्रममा गत शुक्रबार देखि प्रदर्शनमा आएको प्रदीपको सिनेमा रोज हेर्न सोमबर जसिता कुमारी हल पुगेकी थिईन् । सिनेमा  हेरिसकेपछि उनले प्रदीपको अभिनयको खुलेर तारिफ गरेकी छिन् । त्यस्तै उनले सिनेमामा सबै पात्रहरुलाई एकदमै रामोसँग प्रस्तुत गरेको पनि बताईन् ।

यहि क्रममा उनले प्रदीप र आफ्नो सम्बन्धको बारेमा पनि खुलेर कुरा गरेकी छिन् । अफेयरको प्रसंगमा उनले भनिन्, यो पूर्ण रुपमा गलत हो । हल्लालाई म क्लियर गर्न सक्दिन । किनभने हल्ला भनेको हल्ला नै हो । म प्रदीपको शुभचिन्तक हुँ । सधै उसको राम्रो चाहन्छु । अनि अहिले हामी पूर्ण रुपमा करिअरमा फोकस छौँ । त्यस कारण यस बारेमा सोचेका छैनौँ । हामी मिल्ने साथी मात्रै हो हामीबीच केही पनि छैन ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस