तीजको बिदाले ‘रामकहानी’लाई फाइदा

2018/09/13   मनोज

गफगाफ- शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ लाई बुधवार परेको हरितालिका तीजको सार्वजनिक बिदाले ठूलो फाइदा पुगेको छ । प्रदर्शनको दिनदेखि चलचित्रले सुखद कलेक्सन गरिरहेको छ । तीजको दिन पहिलो सो बाट नै राजधानी भित्र र बाहिरका पनि मल्टिप्लेक्स र सिंगल पर्दाहरुमा हाउसफुल रहेको वितरक सुनिल मानन्धरले गफगाफलाई जानकारी गराएका छन् । उनले तिजको दिन अन्य दिनको तुलनामा आक्रामक ब्यापार भएको बताएका हुन । बुधवार तीजको बिदाको मौकामा करिव ८० लाख कमाई गर्न सफल भएको वितरक मानन्धरको भनाइ  छ । उनका अनुसार, पछिल्लो समय दिनहुँ चलचित्रले हल संख्या पनि बढाइरहेको छ । 


दर्शकसँगै बसेर हेर्न र प्रतिक्रिया लिनका निम्ति नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ का साथमा कलाकार शोभित बस्नेत यति बेला काठमाण्डौ बाहिर नै रहेका छन् ।  बुधवार चितवनका दर्शक सगै बसेर चलचित्र हेरेकी निर्मात्री तथा नायिका पुजा शर्माले  चितवनका अधिकांश हल हाउसफुल रहेको गफगाफ लाई बताइन् । 
 चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको  छ । निर्देशक सुदर्शन थापाले नै उक्त चलचित्रको कथा लेखेका हुन् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस