रेडियो अडियो

‘बाँध मायाले’लाई विदेशी डिमाण्ड

2018/09/13   मनोज

गफगाफ-  असोज ५ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’का निम्ति विदेशबाट पनि डिमाण्ड आउन थालेको छ । चलचित्र नेपालमा प्रदर्शन हुनु अघि नै अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको र फेरी पनि दर्शकबाट राम्रै डिमाण्ड आइरहेका कारण अन्य शहरहरूमा समेत शो गर्न लागिएको बुझिएको छ ।
अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली दर्शकहरूले चलचित्रको कथा रुचाएका छन् । त्यस सगै चलचित्रकी नायिका सृष्टि श्रेष्ठको अभिनयको खुलेर तारिफ गरेका छन् । निर्देशक सबिर श्रेष्ठले निर्देशनमा गरेको मिहिनेतको पनि प्रशंसा भएको छ ।  अभिनेता आर्यन अधिकारी, अभिनेत्री सृष्टि श्रेष्ठको अलावा राजराम पौडेल, विशाल चाम्लिंग, किशोर खड्का लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रको अष्ट्रेलिया का साथै अमेरिकामा शो सम्पन्न भैसकेका छन् । युके, जापान, कतार, दुबई, बहराइन लगायत देशमा पनि चलचित्रको माग भैरहेको चलचित्रका निर्माता समेत रहेको सबिरको भनाइ रहेको छ । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस