हरिवंश आचार्यको जे भने नि हुन्छ मलाई पैशा लाग्दैन बोलको गीत सार्वजनिक

गफगाफ - वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको जे भने नि हुन्छ मलाई पैशा लाग्दैन बोलको गीत युटुव मार्फत सार्वजनिक भएको छ । महसञ्चार को अफिसियल युटुव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । हरिवंश आचार्यको स्वरमा सजिएको गीतको शव्द तथा संगीत पनि आचार्य सोयमले गरेका हुन् । गीतमा जिभित जाल्मीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका हुन भने दिर्ग गुरुङले उक्त म्युजिक भिडियो खिचेका हुन् ।
महजोडी मध्यका एक वरिष्ठ हास्य कलाकार आचार्यले अफुलाई कलाकारिता सगै कुसल लेखकका रुपमा चिनाइ सकेका छन् । उनि द्धारा लिखित पुस्तक हरिवाहादुर र चिना हराएको मान्छे लाई पाठक हरुले अत्यन्तै रुचाएका थिए । उनले चलचित्र क्षत्रमा समेत आफ्नो लेखन कौसल प्रस्तुत गरिसकेका छन् । लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री लगायतका कथा उनै वरिष्ठ हास्य कलाकार आचार्यले लेखेका हुन भने उक्त चलचित्रहरुमा मुख्य अभिनय समेत निर्वाह गरेका छन् । उनिद्धारा लिखत तथा अभिनित चलचित्र सत्रु गतेलाई दर्शकले अत्यन्तै मन पाराएका थिए । चलचित्र सत्रुगते २०७४ सालमा सर्वाधिक सफल व्यापार गर्ने चलचित्र बनेको थियो ।
उनले समाजमा हुने गरेका विकृतीहरुलाई न्युनिकरण गर्ने उद्देश्यका साथ विभिन्न टेलिश्रिंखला हरु समेत लेखन तथा निर्माण गरका छन् । लाल पुर्जा, पन्द्र गते, भकुण्डे भूत, हरि बहादुर र मदन बहादुर, ५०र५०,दशैंको च्याङ्ग्रा लगायतलाई दर्शकहरुबाट लोभ लाग्दो साथ मिलेको थियो । श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत मदन कृष्ण श्रेष्ठसँगै उनलाई वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उनले विभिन्न सन्देश मुलक गीत संगीतमा आफ्नो स्वर दिनुको साथै अभिनयको माध्यमबाट समाज रुपान्तरणका निम्ति अहम भुमिका निर्वाह गर्दै आएका छन् । 


ताजा समाचार

चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप

गफगाफ - सोमबार ललितपुरको श्रीकाली चौरमा चलचि पुरा पढ्नुहोस

सुटिङ स्थलमै पाडेको जन्मदिन्

गफगाफ - टेलिश्रींखला भद्रगोलको सुटिङ स्थल मु पुरा पढ्नुहोस

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक 

गफगाफ - सामाजिक कथा बोकेको पारिवारिक सिनेमा &lsq पुरा पढ्नुहोस

सलिनमानको यात्रामा राखिने भयो चट्ट रुमालको रिमेक

बलिउड सिनेमा उद्योगमा पछिल्लो समय पुराना सिनेमाका गीत पुरा पढ्नुहोस

मलाई बाल भन्नु भो नी त

पोडे ले एकदिन एक जना दाई को कपाल बालदिएछ । त्यसपछि नक्कल पुरा पढ्नुहोस