दीपाले विहे गर्न तयार छु भन्दा यसो भन्छन् दीपक  

गफगाफ - दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा छक्का पञ्जा ३ का दुईवटा गीत सार्वजनिक भईसकेका छन् । सिनेमाको ट्रेलर भने निर्माण पक्षले सिनेमा प्रदर्शनमा आउनु भन्दा केही दिन अगाडि मात्रै गर्ने बुझिएको छ । सार्वजनिक सिनेमाको पहिलो गीतले त युट्युबमा छोटो समयमा एक करोड भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । यहि खुशीमा निर्माण पक्षले केक पनि काटिसकेको छ । यो गीतलाई सार्वजनिक भएको ३७ दिनमै एक करोड भन्दा धेरै पटक हेरिएको हो । यस अघि यो रेकर्ड सिनेमा दुई रुपैयाँको कुटुमा कुटुले राखेको  थियो । उक्त गीतलाई ४७ दिनमा एक करोड भनदा धेरै पटक हेरिएको थियो ।


सोमबार मात्रै छक्का पञ्जा ३ मा समावेश दोस्रो गीत पछि उमेर ढल्किन्छ सार्वजनिक भएको छ । सिनेमाको दोस्रो गीत सार्वजनिक भएसँगै सिनेमाको प्रचारमा तिव्रता देखिएको छ । दीपक र दीपालाई हामीले पहिलो नम्बर लाई एक करोड पटक हेरिएको खुशीमा गरिएको सेलिब्रेशनमा फेला पारयौँ र केही कुराकानी पनि गर्यौँ ।
कुराकानीको क्रममा दीपक र दीपाले आफूहरुको सम्बन्धको बारेमा कुरा गरे । उनीहरुले एकले अर्कालाई  दिएको साथको खुलेर प्रशंसा पनि गरे  । उनीहरुको सम्बन्धको चर्चा नेपाली सिने बजारमा हुने गर्दछ । रेडियो नेपालको राम विलास र धनियाँबाट शुरु भएको उनीहरुको जोडी तितो सत्यमा पनि एक साथ देखियो । टेलिसिरियलमा एक साथ देखिएपछि उनीहरुलाई धेरैे वास्तविक जीवनकै श्रीमान् श्रीमती भन्ने ठाने ।


द्यपिाले विवाह नगरी दीपकको साथमा काम गरिरहनु पनि उनीहरुको सम्बन्धको बारेमा कुरा गर्ने बाटो बनेको छ । हुन त दीपा र दीपकले आफूहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएका छैनन् । दीपाले त आफू दीपकसँग विवाह गर्न तयार भएको बताउँदै आएकी छिन् । द्यपिाका केही शुभ चिन्तकहरुले पनि उनलाई  दीपकसँग विवाह गर्न  सुझाव दिन्छन् । हालै मात्र हामीसँगको कुराकानीमा पनि दीपाले दीपककै अगाडि आफू विवाहको लागि तयार भएको बताउँदै दीपकलाई तिमी तयार छौ ? भनेर प्रश्न गरिन् । यसको जवाफमा दीपकले  भने, देशमा भर्खरै मुलुकी ऐन बनेको छ मलाई जेल पठाउने कुरा नगर्नु न । दीपकले यसो भन्दा दीपा भने मुस्काईन् ।
  


ताजा समाचार

चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप

गफगाफ - सोमबार ललितपुरको श्रीकाली चौरमा चलचि पुरा पढ्नुहोस

सुटिङ स्थलमै पाडेको जन्मदिन्

गफगाफ - टेलिश्रींखला भद्रगोलको सुटिङ स्थल मु पुरा पढ्नुहोस

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक 

गफगाफ - सामाजिक कथा बोकेको पारिवारिक सिनेमा &lsq पुरा पढ्नुहोस

सलिनमानको यात्रामा राखिने भयो चट्ट रुमालको रिमेक

बलिउड सिनेमा उद्योगमा पछिल्लो समय पुराना सिनेमाका गीत पुरा पढ्नुहोस

मलाई बाल भन्नु भो नी त

पोडे ले एकदिन एक जना दाई को कपाल बालदिएछ । त्यसपछि नक्कल पुरा पढ्नुहोस