आज बाट ’साली कस्को भेनाको’ ’रामकहानी’पनि दोश्रो सातामा

गफगाफ -  आज शुक्रवार बाट नयाँ चलचित्र ’साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ । प्रचार प्रसारका हिसावले केहि पछाडी देखिएको चलचित्रले सोलो रिलिजको अवसर भएको छ । आज बाट चलचित्र ’साली कस्को भेनाको’ प्रदर्शनमा आए सगै अघिल्लो साता बाट प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ ले भने दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ ।चलचित्र ’साली कस्को भेनाको’ लाई  निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चिलचित्रमा विशेषत मगर समुदायको रहन सहन देखाउने प्रयास गरिएको छ । चलचित्रमा साली र भेनाको सम्बन्धलाई विशेष रुपले प्रस्तुत गरिएको छ  ।


भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रमा  विल्सन विक्रम राइको मुख्य भुमिका देख्न सकिन्छ । त्यसो त यस अघि प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’मा पनि विल्सन मुख्य भुमिकामा नै प्रस्तुत भएका छन् । दुवै चलचित्रमा उनले लिड रोल नै प्रस्तुत गरका छन् । ’साली कस्को भेनाको’ मा विल्सन सगै सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागर लगायतका कलाकारहरुको मुख्य भुमिका हेर्न सकिन्छ । अझै पनि गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ ले राम्रै व्यापार गरिरहेका कारण चलचित्र ’साली कस्को भेनाको’ ले  निकै कम हल पाएको छ । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस