रेडियो अडियो

भुवनकी पुर्वपत्नीले गरिन टिकाटालो, अनमोलको पनि सहमती ?

2018/09/14   मनोज

गफगाफ - सुपरस्टार अभिनेता भुवन केसी की पुर्व पत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन (केसी) ले अष्ट्रेलियन नागरिक सँग इन्गेजमेन्ट गरेकी छन् । गत सेप्टेम्बरमा ९ मा भारतमा जन्मीएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतीमा नै उनले यो निर्णय लिएको बुझिएको छ । यस निर्णमा भुवन केसी तथा उनका पुत्र अनमोलको समेत सहमती भईसकेको बताइएको छ ।

सुस्मिता ले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डेमा गर्ने तायरी गरेकी छन् । । अष्ट्रेलियामा बसोबास गर्दै आएका किलन स्वामी  धनाड्य व्यापारी भएको बुझिएको छ ।  सुपरस्टार अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । गएको दुई वर्ष अगाडि उनले निर्माण गरेको फिल्म ’म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । तर उनको चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । भुवन र सुस्मिताको डिभोर्स सन् २००१ म भएको थियो । सुस्मिताले भुवनसँग ’नेपाली बाबु’, ’करोडपति’, ’सुपरस्टार’ लगायतका चलचित्रहरुमा सगै काम गरेकी थिइन् । 
 
 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस