युटुबमा ’मेरी बास्सै’को लोकप्रियता बढ्दो के भन्छन ’मास्टर र बल्छी’ ?(भिडियो(सहित)

2018/09/14   मनोज

गफगाफ - चर्चित हास्य टेलीसिरियल ’मेरी बास्सै’ नहेर्ने र मन नपराउने सायदै कमै होलान् । सुरुवातको छोटो समय भित्रै दर्शकको मनान बास बस्न सफल हास्य टेलिश्रींखला हो ’मेरी बास्सै’ । हास्य टेलिश्रींखला मेरी बास्सैले धेरै कलाकारहरुलाई स्थापित गर्दै आत्मनिर्भर समेत बनाइ सकेको छ । मेरी बास्सैमा अभिनय गर्ने सबै कलाकारको क्यारेक्टरको नाम समेत दर्शकको निकै प्यारा बनेका छन् । हास्य टेलिश्रींखलाको सुरुवाती समयबाटनै निरन्तर भै रहेका कलाकारहरु राजु पौडेल उर्फ ’राजु मास्टर’ साथै मरिचमान श्रेष्ठ उर्फ ’बल्छी धुर्बे’ पनि दर्शकहरुले निकै मन पराएका कलाकार हुन् । उनीहरुलाई दर्शकहरुले बास्तबिक नामबाट भन्दा पनि क्यारेक्टरको नामबाट बढी चिन्ने गरेका छन् । 
मेरी बास्सै सुरु भएको एक दशक भइ सकेको छ । यहि बिचमा धेरै कलाकार मेरी बास्सैबाट विदा भए भने धेरै कलाकारहरु विभिन्न श्रींखलाबाट भित्रिएका पनि छन् । त्यहि भिडमा राजु मास्टर’ र ’बल्छी धुर्बे’ क्यारेक्टर भने दर्शकहरुले निरन्तर रुपमा हेर्न पाई रहेका छन् भने उनिहरुको अभिनयलाई रुचाएका पनि पनि छन् । मेरी बास्सैका केहि महिना यताका एपिसोडहरु उनै दुई कलाकार हरुकै लेखन तथा निर्देशनमा निर्माण भैरहेका छन् ।

पछिल्ला दिनहरुमा मेरी बास्सैको सामाजिक संजाल युटुबमा लोकप्रियता बढ्दो  छ । जसका कारण प्रत्येक साता ’मेरी बास्सै’ युटुबमा ट्रेन्डिङमा समेत आउने गर्छ । पछिल्लो केहि बर्ष यता मास्टर र बल्छी दुवैले देश तथा विदेशका थुप्रै कार्यक्रमहरुमा संगै प्रस्तुति समेत दिएका छन् । केहि समय अघि मात्र यो हास्य जोडी अस्ट्रेलियाको कार्यक्रम सकेर नेपाल फर्किएको हो ।

बाकी अंशका लागि भिडीयो हेर्नुहोस ।


ताजा समाचार

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस