चलचित्र ‘बाँध मायाले’को तेस्रो गीतमा किसोर र सृष्टिको रोमान्स

गफगाफ - असोज ५ गते बाट अल नेपाल प्रदर्शनकोे तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र नव नायक किशोर खड्काले रोमान्स गरेका छन् । चलचित्रका मुख्य नायक भने आर्यन अधिकारी हुन् । तर यो गीतमा भने किसोर र सृष्टि  बिचको प्रेमभाव प्रस्तुत गरिएको छ । जसले गर्दा चलचित्रलाई थप रोमाञ्चक बनाउनुका साथै कौतुहलता बढाएको छ । 


’सँग सँगै’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।  चलचित्रमा आर्यन अधिकारी,सृष्टि श्रेष्ठ किशोर खड्का सँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निदेशन सविर श्रेष्ठले गरेका हुन् । 


ताजा समाचार

चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप

गफगाफ - सोमबार ललितपुरको श्रीकाली चौरमा चलचि पुरा पढ्नुहोस

सुटिङ स्थलमै पाडेको जन्मदिन्

गफगाफ - टेलिश्रींखला भद्रगोलको सुटिङ स्थल मु पुरा पढ्नुहोस

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक 

गफगाफ - सामाजिक कथा बोकेको पारिवारिक सिनेमा &lsq पुरा पढ्नुहोस

सलिनमानको यात्रामा राखिने भयो चट्ट रुमालको रिमेक

बलिउड सिनेमा उद्योगमा पछिल्लो समय पुराना सिनेमाका गीत पुरा पढ्नुहोस

मलाई बाल भन्नु भो नी त

पोडे ले एकदिन एक जना दाई को कपाल बालदिएछ । त्यसपछि नक्कल पुरा पढ्नुहोस