Tuesday, 26 Oct
01:00:00

सलोन बस्नेत ‘ए मेरो हजुर ३’मा दोहोरिने 

2018/09/15   मनोज

गफगाफ - केहि समय अघि मात्र चलचित्र ‘ए मेरो हजुर ३’ को शुभ मुहूर्त गरिएको थियो । पोखराको विन्दावासिनी मन्दिरमा अभिनेता अनमोल केसी अभिनेत्री तथा निर्देशक झरना थापा, उनकी छोरी सुहाना थापा लगायतले चलचित्रको शुभ मुहूर्त गरेका थिए । यसै विच चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । सुपरस्टार अनमोलको साथमा उनि तेस्रो पटक देखिन लागेका हुन । चलचित्र क्षेत्रमा सलोनको अचम्म खाले क्रेज छ । जब उनि लिड रोलमा नयकका रुपमा प्रस्तुत हुन्छन् त्यस चलचित्रलाई दर्शकले त्यति रुचाएका छैनन् ।
 तर उनलाई सह नायकको भुमिका भने अत्यन्तै फाप्ने गरको छ । उनले सह नायकका रुपमा काम गरेका चलचित्रहरुले भने सफलता नै हात पारेका छन् । अझ आस्चर्य जनक कुरा त के छ भने उनको अभिनयलाई नै दर्शकले अत्यन्तै रुचाउने गरेका छन् । विशेष त कमेडी जनराका चलचित्रहरुमा उनलाई रुचाइएको छ । उनको अभिनयका कारण लिड हिरो नै छायामा पर्ने गरेका छन् । ‘ए मेरो हजुर’ को दोस्रो सिरीजले यसको उदाहरण प्रस्तुत गरिसकेको छ । ए मेरो हजुर २ मा सलोनको कामलाई चौतर्फी प्रशंसा मिलेको थियो । ‘ए मेरो हजुर ३’ पनि सलोनलाई अनुबन्ध गर्नुको मुख्य कारण दोस्रो सिरिजमा गरेका कामको प्रशंसा नै रहेको निर्माता सुनिल कुमार थापाको भनाई छ ।
असोज पहिलो साताबाट औपचारिक रुपमा चलचित्रको छायांकन सुरु हुने बताइको छ । यहि चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा डेब्यु गरेकी गरेकी छन् । उनि चलचित्रमा नायक अनमो केसीकी प्रमीकाका रुपमा प्रस्तुत हुने छिन् । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको रिलिज डेट चैत्र २९ गते तोकिएको छ । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड बनि सकेको छ ।

‘ए मेरो हजुर ३’ मा अनमोल एक  सुपरस्टार गायकको भूमिकामा देखिन लागेको बुझिएको छ । त्यस सगै सुहाना भने उनलाई मनै बाट चाहाने एक फ्यानको रुपमा प्रस्तुत हुने छिन । एक सुपरस्टार गायक र फ्यानबीचको प्रेम र त्यस विचमा हुने उतार चडापहरु नै चलचित्रको मुख्य कथा बस्तु रहेको बुझिएको छ । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस