‘छक्का पञ्जा ३’को विदेश प्रदर्शनको जिम्मा हाइलाइट्स नेपाललाई

गफगाफ - नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हून्छ अनि २ दिन पनि हलमा राम्रो सग लाग्न नपाउदै हलबाटै उत्रिन्छ । अझ भनौ पानी भन्न पाउदैनन् चलचित्रहरुले । तर त्यहि भिडमा यस्ता चलचित्रहरु पनि निर्माण भएका छन् । जसले चलचित्र लाग्ने टुंगो नहुदै करोडौको व्यापार गरेका छन् । त्यस्ता उदाहरण मध्यको एक हो चलचित्र ‘छक्का पञ्जा ३’ । चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज यसै दिन हुन्छ भन्ने अझै यकिन भइसकेको छैन । निर्माण पक्ष अझै पनि  दशैँमा प्रदर्शनमा गर्ने भन्दै आएको छ । तर पछिल्लो समय दशैको घटस्थापनाका दिन अथवा फुलपातीका दिन रिलिज गर्ने तयरी भइरहेको भने निर्माण पक्षले बताउदै आएका छन् । 

दर्शकहरुका निम्ति बहुप्रतिक्षीत चलचित्र हो ‘छक्का पञ्जा ३’  । यसै बिच चलचित्र ‘छक्का पञ्जा ३’को ओभरसिज राइट्स निकै महँगो मुल्यमा बिक्री भएको छ । उक्त चलचित्र हाइलाइट्स नेपालले एक करोडमा खरिद गरेको बुझिएको छ । अब भने  यस चलचित्रको विदेश प्रदर्शनको सम्पुर्ण जिम्मेवारी हाइलाइट्सको हातमा रहने छ । त्यस सगै मुल्य तोक्ने जिम्मेवारी समेत हाइलाइट्सकै रहने चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन । हाइलाइट्सले यसअघि पनि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । तर यस पटक भने चलचित्रको डिजिटल राइट्स बिक्री नगरिउको निर्देशक निरौलाको भनाई छ । 

चलचित्रको ’पहिलो नम्बरमा’ बोलको गीतले सर्बाधिक सफलता हात पारिसकेको छ । युटुवमा करोड भिउ काटेको खुशियालीमा केक नै काटेर शेलिब्रशन गरिएको थियो । त्यस पछि फेरी ’पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक भएको छ । अजुर्न पोख्रेलको संगीत रहेको उत्त गीतमा निशान भट्टराइको आवाज छ । ’पछि उमेर ढल्किन्छ’ बोलको गीत यति बेला निकै चर्चामा छ । 
चलचित्रमा दीपकराज गीरी सगै दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । दीपकराज गीरीको कथा रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस