Tuesday, 26 Oct
01:00:00

चलचित्र ’ए मेरो हजुर ३’मा अर्पण र रबिन्द्र पनि मुख्य कलाकार

2018/09/16   मनोज

गफगाफ - असोज ५ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ’ए मेरो हजुर ३’ यति बेला कलाकार छनौटको काममा लागि रहेको छ । यसै विच चलचित्र युनिटले २ मुख्य कलाकारहरुको टुंगो लगाएको छ । अभिनेता द्वय अर्पण थापा र रबिन्द्र झा चलचित्र ’ए मेरो हजुर ३’ मा अनुबन्धित भएका छन् । अभिनेत्री तथा चलचित्रकी निर्देशक झर्ना थापाले उनिहरु सग सम्झौता समेत गरिसकेको बुझिएको छ । 
निर्देशक थापाले केहि दिन अघि मात्र अभिनेता सलोन बस्नेतलाई चलचित्रमा  अनुबन्धित गरेकी थिइन्  । ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र निर्देशक थापाकी छोरी सुहाना थापाको मुख्य भुमिका रहने छ । चलचित्रमा अनमोलले एक सुपरस्टार गायकको भूमिका निर्वाह गर्दैछन् ।  चैत २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् । चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस